कश्मीरमा भारतीय सेना र पाकिस्तानी सेनाबीच भिडन्त ८ को मृत्यु, भिडन्त जारी

  • प्रकाशित मिति : बिहिबार, साउन ३०, २०७६
  • न्युज विहानी

भारत र पाकिस्तानबीच बिबादमा रहेको कश्मीरको विवादित क्षेत्रमा भारतीय सेना र पाकिस्तानी सेनाबीच भिडन्त हुँदा ८ सैनिकको मृत्यु भएको छ । उत्त दोहोरो भिडन्तमा ५ भारतीय र ३ पाकिस्तानी सैनिक रहेका छन् ।७० वर्ष पुरानो मुद्दा किनारा लगाउन मोदीको बोल्ड निर्णयले कस्मिरलाई ससर्त भारतको अधीनमा राख्ने संवैधानिक धारा खारेज गरेको थियो ।

पाकिस्तानी सेना प्रमुख गफूरले ट्वीटमा आन्तरिक रूपमा गोली हानाहानको क्रम जारी रहेको लेखेका छन् । तर पाकिस्तानी सेनाको उत्त भनाइको खण्डन गर्दै भारतीय सेनाले भने आफ्नो ५ जना सैनिक मारिएको कुरा अस्वीकार गरेको छ ।भारतीय सेनाले प्रतिस्पर्धा गरेको सीमामा गोली हानाहान भएको स्थानलाई पाकिस्तानी सेनाका प्रमुख गफूरले नियन्त्रण रेखा (एलओसी) भनेर ट्वीटरमा पोस्ट गरेका थिए ।



पाकिस्तानी सेनाका प्रमुख मेजर जनरल आसिफ गफूरले बिहीबार साँझ ट्वीटर मार्फत यसको पुष्टि गरेका छन् । उनले लेखेका छन्, ‘कश्मीरको विवादित क्षेत्रमा गोली हानाहान भएपछि कम्तीमा ३ पाकिस्तानी र ५ भारतीय सैनिक मारिए ।’ कस्मिरको राजधानी श्रीनगरमा संविधानको धारा १४४ लागू गरिएको थियो ।