आज यी राशिको चम्कनेछ भाग्य ? हेर्नुहोस !

  • प्रकाशित मिति : शुक्रबार, मंसिर २०, २०७६
  • न्युज बिहानी

मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)- आज स्वस्थ्य सम्बन्धी चिन्ता बढ्नेछ । सौन्दर्यतामा धन खर्च हुनेछ, तर पहेँलो रंगको पहिरनले चुनौतीबाट मुक्त हुन सहयोग पुर्या्उनेछ ।

बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)- अरूलाई प्रभावित पारेर काम बन्नेछ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । आयआर्जनका क्षेत्रमा सुधार आउनेछ । पुनर्मिलनको योग रहेको छ ।



मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)- शुभ समाचार सुन्न पाइएला । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । कला र गलाको प्रभाव बढ्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ ।

कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)- रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ । शुभकार्यको चर्चा चल्नेछ । प्रेमीको सहयोग प्राप्त हुनेछ । परिवारमा सुख सन्तोष छाउनेछ ।

सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)- मनमा दुविधा उत्पन्न हुनेछ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला, तर अरूको मुख नहेरी सही निर्णय लिन सके अवसरहरू प्राप्त होला ।

कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)- घरमा अतिथीको आगमन हुनेछ । बोलीको भरमा कार्य सम्पादन हुनेछ । आफन्तको प्रगतिमा मन रमाउनेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ ।

तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)- श्रमदान गर्ने अवसर मिल्नेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । शुभकार्यको चर्चा चल्नेछ । प्रेममा सफलता प्राप्त हुनेछ ।

बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)- आकस्मिक धनलाभ हुनेछ । महिला वर्गबाट सहयोग मिल्नेछ । कूटनीतिक नियोगको सहयोग मिल्ला । पारिवारिक सद्भावपनि बढ्नेछ ।

धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)- आज गरेको कार्यमा अवरोध आउला । कतैकतै झै–झमेलाको अवस्था आउला, तर अग्रजहरूको सुझाव अनुसार अवसर पहिल्याउन सकिनेछ ।

मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)- न्यायिक कार्यमा सफलता मिल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । आफन्तको प्रगतिमा मन रमाउनेछ । वस्त्र एवं अलंकार प्राप्ति हुनेछ ।

कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)- विशिष्ट व्यत्तिको भेटघाटले मन प्रसन्न हुनेछ । सवारी साधनको खरिद बिक्री हुने योग छ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन् ।

मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)- आज धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । कला र गलाको प्रभाव बढ्नेछ । विशिष्ट व्यक्तिबाट हौसला प्राप्त हुनेछ । रोमाञ्चक यात्रापनि होला ।

( अधिक जानकारीको लागि = ज्यो.प. नारायणप्रसाद दुलाल- ९८४९५५९५०२ )