यो हप्ता यी राशिको चम्कनेछ भाग्य ? हेर्नुहोस !

  • प्रकाशित मिति : शनिबार, मंसिर १४, २०७६
  • न्युज बिहानी

मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)- यो समय निकै उत्साहजनक रहनेछ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । मनोरञ्जनमा सहभागीता भइएला । इच्छा र आकाङ्क्षा पूर्ण हुनेछ । बुधबारबाट प्रेममा बाधाका साथै बन्न लागेको काम विग्रनेछ । शैक्षिक क्षेत्रपनि कमजोर रहनेछ । यो साताका लागि शुभअङ्क ४,५ र शुभरङ्ग सुन्तलारङ्ग वम रातो हो । कुनै शुभकर्म गर्नु पूर्व दुर्गाजीको दर्शनगरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)- विपक्षीको छलकपट तथा जालझेलबाट सावधान रहनुपर्नेछ । स्वास्थ्यमा गडबडी भई दैनिक कामकाजमा असर पर्नसक्छ । सोमवारबाट अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । लामो समय देखि रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ । यो साताका लागि शुभअङ्क २,९ र शुभरङ्ग सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व विघ्नहर्ता गणेशजीको पूजा अर्चना गरि गरेको कार्यबाट सफलता अधिक मिल्नेछ ।



मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)- यो साता महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । कूटनीतिक नियोगको सहयोग मिल्ने देखिन्छ । साताको उत्तरार्धमा प्रतिद्वन्दी हरुले कार्यमा अवरोध ल्याउनेछन् । व्यापार व्यवसायमा वाधा आउनेछ । यो साताका लागि शुभअङ्क ३,६ र शुभरङ्ग वैजनी वा घिउरङ्ग हो । शुभकर्म गर्नु पूर्व भगवतीको दर्शनगरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)- भोज भतेरमा सहभागी भईनेछ । दाजुभाइ, दिदीबहिनीले तपाईंका सकारात्मक विचारलाई समर्थन गर्नेछन् । पुनर्मिलनको योग रहेको छ । मनमा शान्ति र अनुहारमा कान्ति छाउला । वैदेशिक क्षेत्रबाटपनि सफलता मिल्नेछ । कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । यो साताका लागि शुभअङ्क ४,८ र शुभरङ्ग सेतो वा पहेंलो हो । कुनै शुभकर्म गर्नु पूर्व शिवजीको ध्यान गरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)- यो साता बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । पार्टी पिकनिक तथा सेमिनारमा सहभागी भईएला । आदर्श ब्यक्ति सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । साताको मध्य भागमा आफूलाई कमजोर भएको अनुभूति हुनेछ । घरायसी झमेलामा परिनेछ । यो साताका लागि शुभअङ्क १,७ र शुभ रङ्ग खैरो वा रातो रङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व भैरवजीको आरधना गरी यात्रा गर्नाले सफलता मिल्नेछ ।

कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)- यो साता नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । स्वास्थ्यमा सामान्य समस्या आउला । आर्थिक कारोवारमा बिवाद आउनेछ । बुधवारबाट इच्छा र आकाङ्क्षा पूर्ण हुनेछ । आकस्मिक धन लाभ हुनेछ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । यो साताका लागि शुभअङ्क १,९ र शुभरङ्ग हरियो वा पहेंलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विष्णु भगवानको दर्शनगरी आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)- यो साता शुभकार्यको चर्चा चल्नेछ । विशिष्ठ व्यक्तिको साथ पाईनेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । मनको डरले सताए पनि व्यवहारमा फाइदा हुनेछ । मध्य सातामा मनमा निरासा र शरीरमा आलस्य आउला । सौन्दर्यतामा धन खर्च हुनेछ । यो साताका लागि शुभअङ्क ३,८ र शुभरङ्ग घिउरङ्ग हो । शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि शिवजीको दर्शनगरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)- अनुहारमा कान्ति र मनमा शान्ति छाउला । रमाइलो यात्राको योग रहेको छ । प्रेम जीवन सफल र सुखद् रहने देखिन्छ । व्यापार व्यवसायमा सफलता पाईनेछ । साताको मध्यमा नियमको अनुशासनलाई बेवास्ता गर्दा अवसर र लाभ गुम्न सक्छन् । शुभारम्भको चर्चापनि चल्नेछ । यो साताका लागि शुभअङ्क ३,८ र शुभरङ्ग सुन्तला वा खैरो हो । कुनै शुभकर्म गर्नु पूर्व महादेवको आरधना गरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)- यो सातामाशुभकार्यको चर्चा चल्नेछ । महिला वर्गबाट विषेश सहयोग मिल्नेछ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । विश्वास गरेकाले साथ दिनेछन् । अतिथिको रूपमा सत्कार पईनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । वित्तीय संस्थाबाट सहयोग पाईनेछ । यो साताका लागि शुभअङ्क २,९ र शुभरङ्ग पहेँलो हो । कुनै शुभकर्म गर्नु अघि हनुमानजीको आरधना गरी यात्रा गर्नाले अधिक सफलता मिल्नेछ ।

मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)- यो सातामा मानसिक चिन्ता बढ्नेछ । नगद सापटी लिएका आफन्तहरूले वचन पूरा नगर्दा आर्थिक झन्झट आइलाग्न सक्छ । स्वास्थ्यको क्षेत्रमा पनि प्रतिकूल हुने देखिन्छ । मध्य साताबाट धार्मिक यात्राको योगछ । लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । यो साताका लागि शुभअङ्क ४,५ र शुभरङ्ग सिन्दुरे वा कालो हो । कुनै शुभकर्म गर्नु पूर्व विघ्नहर्ता गणेशजीको आरधना गरि गरेको कार्यबाट अधिक सफलता मिल्नेछ ।

कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)- यो साता रमाइलो यात्राको योग रहेको छ । सामाजिक तथा धार्मिक कार्यमा रुची बढ्नेछ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । आँटेको र ताकेको कार्य पुरा होला । विशिष्ट व्यक्तिको सहयोग पाईनछ । साताको अन्त्यमा बाटो काट्दा वा यात्रा गर्दा सचेत हुनुपर्छ । यो साताका लागि शुभअङ्क ३,७ र शुभरङ्ग ध्वाँसे वा निलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि वरुण भगवानको ध्यान गरी कार्य आरम्भ गर्नाले अधिक सफलता मिल्नेछ ।

मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)- यो साता नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । चिताएको कामले तीव्रता लिनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । राजननितक कार्यमा सफलता मिल्नेछ । दैनिक कार्यमा सफलता पाईनेछ । यो साताका लागि शुभअङ्क २,७ र शुभरङ्ग निलो वा घिउरङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि भैरवजीको ध्यान गरी कार्य आरम्भ गर्दा शुभफल प्राप्त हुनेछ ।

( अधिक जानकारीको लागि = ज्यो.प. नारायणप्रसाद दुलाल- ९८४९५५९५०२ )