आज यी राशिको चम्कनेछ भाग्य ? हेर्नुहोस !

  • प्रकाशित मिति : शुक्रबार, मंसिर १३, २०७६
  • न्युज बिहानी

मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)- शुभकार्यको चर्चा चल्नेछ । नयाँ सवारी साधन प्राप्तिको योग छ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । विपरीतवर्गबाट विशेष सहयोग मिल्नेछ ।

बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)- राजनैतिक कार्यमा बाधा आउनेछ । नाक तथा घाँटीमा समस्या आउला । फलदायी यात्रापनि नहोला, तर अभिभावकको आशीर्वादले काम गर्नसक्छ ।



मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)- धार्मिक कार्य सफल नै रहनेछ । प्रेम सम्बन्ध कसिलो होला । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्ला ।

कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)- प्रेम र मित्रताको बन्धन कसिने बेला छ । नयाँ कार्यको योजना बन्नेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । दिनको उत्तरार्ध सुखद् रहनेछ ।

सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)- आज अधुरो काम पूरा होला । दाम्पत्य सुखले प्रफुल्लित भइनेछ । वैदेशिक कार्य अघि बढ्नेछ । व्यवसायका लागि यात्राको सम्भावना पनि छ ।

कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)- अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । महत्त्वपूर्ण अवसर गुम्न सक्छ । सामान हराउने योग छ, तर विपरीतवर्गबाट विशेष सहयोगपनि मिल्ला ।

तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)- दाम्पत्य जीवन सुखमय हुनेछ । वैदेशिक कार्य अघि बढ्नेछ, तर यात्रामा सावधानी अपनाउनु पर्नेछ र तर्क, विवाद र प्रतिस्पर्धाबाट लाभ हुने छैन ।

बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)- आज मगल कार्यको योग छ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला । आतिथ्यपूर्ण सम्मान पाइएला ।

धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)- नयाँ कमको थालनी हुनेछ । धार्मिक यात्राको योगछ । अचल सम्पत्ति हात पर्ला । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ ।

मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)- महत्त्पूर्ण अवसर गुम्न सक्नेछ । नजिकको व्यक्तिबाट धोका पाईन सक्नेछ सचेत रहनुहोला, तर मनोरञ्जनमा सहभागी भइएला ।

कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)- आँटेको र ताकेको कार्य पुरा होला । ठीक समयमा सही निर्णय लिन सकिनेछ । बोलीको प्रभाव पनि बढ्नेछ । शुभकार्यको चर्चा चल्नेछ ।

मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)- अनुहारमा कान्ति र मनमा शान्ति छाउला । बौद्धिक काममा सफलतापनि मिल्नेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ ।

( अधिक जानकारीको लागि = ज्यो.प. नारायणप्रसाद दुलाल- ९८४९५५९५०२ )