आज यी राशिको चम्कनेछ भाग्य ? हेर्नुहोस !

  • प्रकाशित मिति : बुधबार, मंसिर ११, २०७६
  • न्युज बिहानी

 

मेष



मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)- सन्तानपक्षको मायामा कमी आउनेछ । प्रेमप्रसङ्गमा समेत नरमाइलोपन आउनेछ अतस् सचेत रहनुहोला, तर वाणिज्य क्षेत्रबाट लाभ रहनेछ ।

 

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)- विद्या र बुद्धिको विकास हुनेछ । पार्टी तथा सेमिनारमा सहभागी भईएला । प्रयत्न गरे फाइदा लिन सकिनेछ । परिश्रमअनुसार उपलब्धिपनि राम्रै पाइएला ।

 

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)- धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । नयाँ व्यक्ति संग भेटघाट हुनेछ । रोकिएको धन हात पर्ला । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ ।

 

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)- साथीभाइबाट बढी फाइदा लिने समय छ । नयाँ काम सुरु गर्ने समय छ । जोश जाँगर र उमंग बढ्ला । आर्थिक कारोवारमा सफलता पाइएला ।

 

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)- दबाब र तनाव बढेको महसुस हुनेछ । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । खर्चसमेत बढ्ने योग छ, तर प्रविधिका क्षेत्रमा उन्नति हुने देखिन्छ ।

 

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)- शुभकार्यको चर्चा चल्नेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । व्यापारमा मनग्ये धनलाभ हुनेछ । भूमिबाटपनि लाभ रहला ।

 

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)- रमाइलो यात्रा रहला । आकस्मिक धन लाभ हुनेछ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । सन्तान सुखपनि मिल्नेछ ।

 

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)- समाजसेवामा मन लाग्नेछ । विशिष्ठ व्यक्तिको साथ पाईनेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । रोकिएको काम दोहोर्याएर गर्दा फाइदा हुनेछ ।

 

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)- चोटपटकको भयछ सचेत रहनुहोला । घरायसी कामधन्दाका लागि खट्नु पर्ने छ । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला, तर व्यापारमा भने धनलाभ हुनेछ ।

 

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)- श्रमको उचित मुल्याङ्कन हुनेछ । व्यवसायको सन्दर्भमा आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् ।

 

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)- उन्नति एवं प्रगतिको वातावरण बन्नेछ । वैदेशिक घर,जग्गाको कारोबारमा सफलता मिल्नेछ । मेहनतीहरूकालागि दिन फलदायी रहनेछ ।

 

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)- विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । रचनात्मक काममा जुट्ने समय छ । प्रेम सम्बन्ध कसिलो होला ।

 

( अधिक जानकारीको लागि = ज्यो.प. नारायणप्रसाद दुलाल- ९८४९५५९५०२ )