अभिनेत्री केकीले यसरी नचाइन् लालबाबु पण्डित

  • प्रकाशित मिति : बुधबार, पुस ५, २०७४
  • न्युज विहानी

विराटनगर, पुस ५ । नेपाली कांग्रेसका नेता शसांक कोइरालाई हराएर चुनाव जितेपछि एमाले नेता लालबाबु पण्डित अहिले चर्चामा छन् । सामान्य प्रशासन मन्त्री हुँदा प्रशासनमा गरेको सुधारका कारण लालबाबु फेवरेट लिडर बन्न सफल भए ।

नेपाली चलचित्रकी अभिनेत्री केकी अधिकारीले पनि लालबाबु आफ्नो फेवरेट लिडर भएको बताइन् । चलचित्र ‘राज्जा रानी’को मोफसल प्रचार प्रसार टुरको क्रममा विराटनगर पुगेकी केकीले लालबाबुसँग भेटेर अटोग्राफ लिएकी छन् ।



पण्डितसँग केकीले हजारको नोटमा अटोग्राफ लिएकी हुन् । चल्तीकी नायिकाले आफूबाट अटोग्राफ लिएपछि लालबाबु पनि के कम् ? उनले केकीको सौन्दर्य प्रशंसा गर्न भ्याए । लगत्तै चलचित्रको गीतमा उनले केकी र नाजिरसँग कम्मर भाँचे ।

लालबाबुलाई चलचित्र युनिटले बिराटनगर १२ स्थित स्थानीय बखरी बगैंचामा आयोजित प्रचार प्रसार कार्यक्रममा समेत मुख्य अतिथि बनाएको थियो ।

कार्यक्रममा आफू मन्त्री बने चलचित्रको लागनी उठाउने बताबरण बनाइदिने पण्डितले बताए । चलचित्र ‘राज्जा रानी’ले तराइकै दाइजो प्रथा कथाको रुपमा उठाएको छ ।