भाइरल कमला घिमिरेले राजु परियारलाई दोहोरीमा पसिना पुछ्ने पारिन् (भिडियो सहित)…

  • प्रकाशित मिति : बिहिबार, भदौ २६, २०७६
  • न्युज विहानी

काठमाण्डौ । इन्द्रेणीको स्टुडियोमा भएको कार्यक्रममा धादिङ्गकि कमला घिमिरे सहभागि भएकि थिईन् ।

कार्यक्रममा इन्द्रेणी समाजका अध्यक्ष तथा सञ्चालक कृष्ण कंडेल, चर्चित गायक राजु परियार, ताततातो खबरका भाग्य न्यौपाने, नयां नयां न्युजका शिशिर भण्डारी, गायक अमृत सापकोटा, कमल सरगम लगायत इन्द्रेणीको सिङ्गो टिम, बिभिन्न कलाकार तथा भिडियाहरु सहितको ठुलो संख्यामा दर्शकहरुको उपस्थिती रहेको थियो ।



शुरुमा अमृत सापकोटा र कमल सरगमद्वारा भाईरल बनेकि कमलाको अद्भुत क्षमतालाई कसले पो तारिख नगर्ला । इन्द्रेणीमै अमृत सापकोटाबाट शुरु भएको दोहोरी राजु परियार, शिशिर भण्डारी र रविन लामिछानेलाई कमलाले पानी समेत नपिएर सबैलाई गितका टुक्काले पछारेकि थिईन । दर्शकहरुले पुरै हल खचाखच भरिएको थियो । सबै जनाले आ आफ्नै स्थानबाटै हांसेर ताली ठोक्दै नाचेका थिए ।

कमलाले आफुसंग भिड्ने जो आएपनि आफुले जितेरै छाड्ने बताउछिन् । लगातार गीत गाउंदा पनि नथाक्ने यि नानीको सरस्वती रुपी श्वरलाई हामी सबैले सम्मान गर्नु पर्ने भन्दै इन्द्रेणीका सञ्चालक कृष्ण कंडेलले अहिले चर्चित भए भनेर पछि पछुताउनु भन्दा यो समयलाई सही सदुपयोग गरेर जानु पर्ने बताउनु भएको थियो ।

पढाई र सृजनालाई संगसंगै लैजान केही गाह«ो भएर होला पढाई पनि राम्रै रहेको र अहिले गाउंमै पढाउने लक्ष्य राखेको उनका बुवा कल्याण प्रसाद घिमिरेले बताएका छन् ।

करिब ३०।३२ भन्दा बढी भिडियाहरुको सहभागितामा भएको कार्यक्रममा सबै मिडियाकर्मीहरुले कार्यक्रम अवधिभर साथ दिएर कमलाको दोहोरी अवलोकन गरेका थिए ।

तलको भिडियो लिंकमा गएर क्लिक गर्नुहोला ।