प्रभु बैङ्कका सीईओले बुझे रु.२ करोड २९ लाख तलब ?

  • प्रकाशित मिति : शुक्रबार, मंसिर ६, २०७६
  • न्युज बिहानी

प्रभु बैङ्कका सीईओ अशोक शेरचनले रु.२ करोड २९ लाख तलब बुझेका छन् । सीईओ शेरचनलाई तलब बाहेक बैंकले इन्धन र मर्मत सम्भार खर्चसहित सवारी साधन समेत उपलब्ध गराएको छ । बैङ्कले चालु आर्थिक बर्षको पहिलो तिन महिनासम्म १ खर्ब १४ अर्ब निक्षेप संकलन गरेको छ । बैंकले ९५ अर्ब ७८ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

गत वर्षको नाफाबाट आफ्ना सेयरधनीलाई १६ प्रतिशत लाभांश दिने प्रस्ताव समेत बैङ्कले पारित गरेको छ । सीईओ शेरचनले दुर्घटना बीमा, औषधोपचार बीमाका साथै आफ्नो परिवारका सबै सदस्यहरुका लागि समेत औषधोपचार बीमा सेवा पाएका छन् । शेरचनले गत आर्थिक वर्षको तलब बापत २ करोड २९ लाख ८९ हजार तलब लिएका हुन् ।