सेञ्चुरी बैंकले गर्यो विद्यालयलाई सहयोग

  • प्रकाशित मिति : मङ्लबार, अशोज ७, २०७६
  • न्युज बिहानी

सेञ्चुरी कमर्सियल बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मेलम्ची न.पा.– १०, शिखरपुर, सिन्धुपाल्चोक स्थित श्री शीतला देवी माध्यमिक विद्यालयको बालबिकास केन्द्रदेखि कक्षा १० सम्म अध्ययनरत सम्पूर्ण विद्यार्थीहरुलाई विद्यालयमा स्वच्छ खानेपानीको उचित व्यवस्थापन गर्नका लागि १३ थान खानेपानी फिल्टर प्रदान गरेको  छ ।

बैकका पनौती शाखाका शाखा प्रबन्धक हरि कृष्ण दाहालले विद्यालयका प्रधानाध्यपकलाई एक समारोहबिच सो खानेपानी फिल्टर हस्तान्तरण गरेका  थिए । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थय, वातावरण तथा अन्य क्षेत्रमा थुप्रै कार्यक्रमहरु गर्दै आइरहेको छ ।