हकप्रदका लागि पोखरा फाइनान्सको बुक क्लोज

  • प्रकाशित मिति : शुक्रबार, पुस ७, २०७४
  • न्युज विहानी

काठमाडौं, पुस ७  । पोखरा फाइनान्सले हकप्रद प्रयोजनका लागि पुस १४ गते बुक क्लोज गर्ने भएको छ ।

१ बराबर शून्य दशमलव १५ को अनुपातमा ९ लाख ८३ हजार ६ सय ८२ दशमलव ७४ कित्ता हकप्रद निष्कासनको लागि पुस ४ गते अनुमति पाएको पोखरा फाइनान्सले नेप्सेमार्फत बुक क्लोज गर्ने सूचना जारी गरेको हो ।



यस आधारमा पुस १३ गतेसम्म कायम सदस्यहरुले हकप्रदमा आवेदन दिन पाउनेछन्