स्ट्याण्डर्ड चाटर्ड बैंकको बुक क्लोज पुस १६ देखि

  • प्रकाशित मिति : शुक्रबार, पुस ७, २०७४
  • न्युज विहानी

काठमाडौं, पुस ७ । स्ट्याण्डर्ड चाटर्ड बैंक नेपाल लिमिटेडले पुस २६ गते ३१ औं वार्षिक साधारणसभा आव्हान गरेको छ । सो प्रयोजनको लागि शेयरधनी पुस्तिका पुस १६ गतेदेखि पुस २६ गतेसम्म बन्द रहने नेप्सेले जनाएको छ ।

बैंकले उक्त सभामा शेयरधनीलाई शत प्रतिशत बोनस शेयर दिने प्रस्ताव पेश गर्ने भएको छ । बैंकले गत आर्थिक बर्षमा १ अर्ब ३८ करोड १९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।