ग्रीन डेभलपमेन्ट बैंकले तोक्यो बुक क्लोजको मिति

  • प्रकाशित मिति : शुक्रबार, पुस ७, २०७४
  • न्युज विहानी

काठमाडौं, पुस ७ । ग्रीन डेभलपमेन्ट बैंकले बुक क्लोजको मिति तोकेको छ । बैंकले ४०० प्रतिशत हकप्रद शेयर निष्काशन प्रयोजनको लागि बुक क्लोजको मिति प्रकाशित गरेको हो । बैंकको सो हकप्रद शेयरको लागि पुस १७ गते शेयरधनी पुस्तिका बन्द हुने नेप्सेले जनाएको छ । तसर्थ पुस १६ गतेसम्म शेयर स्वामितत्व हुने शेयरधनीहरुले मात्रै १ बराबर ४ अर्थात् ४०० प्रतिशतको हकप्रद शेयरमा आवेदन दिन पाउने छन् ।

बैंकले सय रुपैयाँ अंकित मूल्यमा ४० करोड रुपैयाँ बराबरको ४० लाख कित्ता शेयर निष्कासन गर्न लागेको हो । बैंकले शेयर निष्कासन तथा बिक्री प्रबन्धकका रुपमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ ।