रोकिएन घट्ने क्रम, आज पनि सेयर बजार लाग्यो ओरालो

  • प्रकाशित मिति : बुधबार, पुस ५, २०७४
  • न्युज विहानी

काठमाडौं, पुस ५ । साताको चौथो दिन आज पनि शेयर बजार घट्ने क्रम रोकिएन ।अघिल्लो दिन मंगलबार नेप्से परिसुचक दोहोरो १४ दशमलव ४९ अंकले घटेको थियो तर बुधबार भने ९.२९ अंकले घटेर १ हजार ४ सय ८४ दशमलव ४७ अंकमा पुगेको छ ।

आज १५५ कम्पनीको ४२करोड ४३लाख ७० हजार ३९३ रुपैयाँको शेयर किनबेच भएको छ । आज शेयर बजारमा ४ हजार ३सय ९१ कारोबार भई कुल ९ लाख ८३ हजार १ सय ८वटा शेयरको किनबेच भएको छ ।



आज नेपाल दुरसञ्चार कम्पनीको सबैभन्दा बढी शेयर किनबेच भएको छ । कम्पनीको ४ करोड ९ लाख रुपैयाँ बढीको शेयर कारोबार भएको छ ।आज सिन्धु बिकास बैकका सेयरधनिले सर्वाधिक कमाएका छन् भने हिमालयन डिष्टिलरि लिमिटेडका सेयरधनिले सबै भन्दा धेरै गुमाएका छन् ।

प्रदेशसभा र प्रतिनिधिसभाको चुनाव सम्पन्न भई नतिजा समेत सार्वजानिक भइसके पनि सरकार गठन तथा राष्ट्रिय सभा गठनको विषयमा अन्योल हुँदा त्यसको प्रभाव बजारमा परेको बताइन्छ । सरकार गठनसँगै देशमा राजनीतिक स्थिरता आउने अपेक्षा लगानीकर्ताले गरेका छन् । त्यस्तै कतिपय लगानीकर्ता बाम गठबन्धनको सरकार आउने भन्दै लगानीमा हच्चिकएको पनि बताइन्छ ।

राजनीतिक स्थिरताले देशको समग्र अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने उनीहरूको आशा छ । त्यसैले लगानीकर्ताहरू ‘पर्ख र हेर’ को अवस्थामा रहेका छन् । त्यस्तै बैंक तथा वित्तीय संस्थामा बढ्दो ब्याजदरले पनि बजारलाई प्रभाव पारेको कतिपय बजार विज्ञ बताउँछन् ।