काठमाडौंमा किन भयो माओवादी निल ?

काठमाडौंमा केन्द्रमा ७ र प्रदेशसभा तर्फ १८ सिटमा उम्मेदवारी दिएको एमालेले केन्द्रमा एक र प्रदेशमा दुई जनाले वाहेक सवैले जित्ने तर माओवादीका एउटैले काठमाडौंमा चुनाव नजित्ने अवस्था कसरी सिर्जना भयो ? माओवादीभित्र गम्भिर वहस शुरु भएको छ

  • प्रकाशित मिति : बिहिबार, मंसिर २८, २०७४
  • गोकर्ण बराल

गोकर्ण बराल

१० वर्ष अगाडी काठमाडौंका १० निर्वाचन क्षेत्र मध्ये ४ क्षेत्रमा चुनाव जितेको माओवादीले त्यसयताका चुनावमा कुनै चुनाव जित्न सकेको छैन । २०७० को दोश्रो संविधानसभा, स्थानिय चुनाव देखि भर्खर सकिएको प्रतिनिधीसभा तथा प्रदेशसभा सम्मका चुनावमा माओवादी निल भयो ।



काठमाडौंको संगठनमा वलियो पकड राख्दै आएको एमालेसँग वामगठवन्धन निर्माण गरि चुनावमा गएपनि माओवादी उम्मेदवारहरुले काठमाडौंमा चुनाव जित्न सकेनन् । सरकारमा रहदा माओवादीले शहरी जनमतको हितमा आफुलाई अब्बल रुपमा उम्भाउन खोजेको देखिएपनि चुनावी परिणाम अनुकल वन्न सकिरहेको छैन ।

माओवादीले शहर लक्षित गदै दैनिक १५ घण्टा माथीको लोडसेडिङ अन्त्य नै गरिदियो । आर्थिक वृद्धि दर वढाएर रोजगारीको सिर्जना मात्र गरेन, काठमाडौंका साघुरा सडक चौडा गरेर सवारी आवागमनलाई सहज र ब्यवस्थित वनाउने सम्मको कामको नेतृत्व लियो । तर पनि माओवादी काठमाडौंमा अघिल्ला चुनावमा भन्दा पछिल्ला चुनावमा खुम्चिदै जान थालेको छ ।

यस्तो किन भईरहेको छ ? अहिले माओवादीभित्र वहसको विषय वनेको छ ।

 

यसपटकको प्रतिनिधीसभा तथा प्रदेशसभा निर्वाचनमा माओवादीले १० वर्ष अगाडी देखि गुमेको राजनीति फर्काउन चाहेको थियो । तर परिणाम माओवादीको पक्षमा आएन । काठमाडौंका प्रतिनिधीसभातर्फका १० मध्ये ३ क्षेत्र र प्रदेश सभाका २० मध्ये २ क्षेत्रमा एमालेसँगको चुनावी तालमेलमा माओवादीले उम्मेदवार उठाएको थियो ।

तर यी उम्मेदवारहरु कसैले पनि चुनाव जित्न सकेनन् । एमालेले काठमाडौंमा केन्द्रमा ७ र प्रदेशसभामा १८ स्थानमा चुनाव लडेको थियो । तर उसको भने केन्द्रमा १ र प्रदेशमा जम्मा २ जना उम्मेदवारले मात्र पराजय भोगे । अर्थात, काठमाडौंवाट एमालेले प्रतिनिधीसभामा ६ र प्रदेशसभामा १६ स्थानमा जित निकाल्यो । यही परिदृश्यमा आखिर माओवादीका उम्मेदवार मात्र किन पराजित हुन पुगे ? अहिले वहस उठनु स्वभाविक छ ।

काठमाडौंभित्रको पराजयका विषयमा माओवादीले आधिकारिक रुपमा अहिलेसम्म मुख त खोलेको छैन । तर पनि हारका अन्तर्यहरुको खोजी आन्तरिक रुपमा भने गर्न थालेको छ । हारभित्रका गुदी तथ्यलाई माओवादीले स्वीकार गरेपनि, नगरेपनि आन्तरिक र वाह्य दुवै कारणले माओवादी काठमाडौंमा निल भएको छ ।

यसकारण हा¥यो माओवादी ?

१) आधार क्षेत्र छनौटमा चुक्नु :

वामगठवन्धन निर्माण गरेर चुनाव लडेपनि माओवादीले गठवन्धनभित्र चुनाव लडने क्षेत्रको पहिचान राम्रो साग गर्न सकेन । कुन निर्वाचन क्षेत्रमा चुनाव लडदा जित्न सकिन्छ ? आफनो जनाधार कता राम्रो छ ? त्यहा जित्न सक्ने आधारहरु के के हुन सक्छन् भन्ने माओवादीले निर्वाचन क्षेत्र रोज्दा ठीक ढंगले गर्न सकेन । त्यसमाथी आफनो भागमा पाएको क्षेत्रमा को उम्मेदवार उठाउने, नउठाउने ? को चुनावमा जादा ठीक-वेठीक भन्ने विषयमा माओवादी भित्र आन्तरिक छलफल भएन ।

२) मनोगत निर्णय :
माओवादीको उम्मेदवार छनौटमा पनि मनोगत निर्णय देखियो । यो पनि उसको काठमाडौंभित्रको हारको अर्काे कारण हो । पार्टी पद्दती, उम्मेदवार छनौट लगायतका विषयमा पार्टीभित्र कुनै छलफल भएको देखिएन । जस्तोकी, काठमाडौं क्षेत्र नम्वर १ मा विद्यार्थी नेता अनिल शर्माले टिकट पाए । तर उनले टिकट पाउादै गरेको कुरा काठमाडौंको माओवादी जिल्ला कमिटीलाई नै थाहा थिएन । जिल्ला पार्टीसाग कुनै आन्तरिक छलफल नै नगरि एकैपटक उम्मेदवारले ल्याएको टिकट उम्मेदवारी मनोनयनका क्रममा मात्र जिल्ला पार्टीले थाहा पाउने अवस्था वन्यो । मनोगत निर्णयका आधारमा उम्मेदवार छनौट गरिएका कारण पनि माओवादी चुक्न पुग्यो ।

अर्काे पक्ष भनेको काठमाडौं १ का मतदाता वुर्जुवा पुजीपति चरित्रका छन् । जसकाकारण त्यहा चुनाव जित्न सोही चरित्रका उम्मेदवारको खोजी गरिनु पर्नेमा माओवादीले त्यसो गर्न सकेन । समकक्षी उम्मेदवारहरुसँग दाज्न योग्य प्रतिस्पर्धी लिडरसिप पनि त्यहा माओवादीको हुन सकेन । यस्तो अवस्थाले गठवन्धनमै रहेको माओवादी उम्मेदवारलाई एमालेले नै समेत मत दिन आवश्यक ठानेन । एमालेले वाहिरी प्रचारमा भन्दा रविन्द्र मिश्रलाई मत दिएको भनिएपनि खासमा प्रकाशमान सिंहलाई नै जिताउन भूमिका खेल्यो ।

काठमाडौं ६ मा मतदाताले माओवादी उम्मेदवार झक्कु सुवेदीलाई भन्दा हिमाल शर्मालाई वढी चिन्थे । कारण उनी ०७० मा त्यहीवाट चुनाव लडेका थिए । माओवादीको तारकेश्वर नगर इन्चार्ज पनि उनै थिए । भूकम्प गएका वेलामा पनि हिमाल त्यहाँका मतदातासँग कुनै न कुनै रुपमा जोडिनै रहेका थिए । त्यसमाथी माओवादी नेता कृष्णवहादुर महरा अर्थमन्त्री हुदा शर्मा पिए वसेर केही योजना पनि त्यहा पारेका थिए । तर अन्तिममा टिकट नपाएपछि खुलेर झक्कुलाई उनैले पनि सहयोग गर्न सकेनन् । यसको अर्थ झक्कुले भन्दा हिमालले टिकट पाए जित्थ्थे र उनैलाई टिकट दिनुपथ्यो भन्ने होइन । हिमालको तुलनामा झक्कु नै योग्य उम्मेदवार थिए । गाउ क्षेत्रका नेता रहेका माधव तिमल्सिनालाई माओवादीले आफनै पार्टीमा टिकाईराख्न सकेन । जसका कारण पनि माओवादीलाई त्यस क्षेत्रमा घाटा लाग्यो ।

काठमाडौं १० मा चन्द्रागिरिवाट मतगणनाका क्रममा हितमान शाक्य वलियो नै देखिएपनि र्किितपुरवाट ७ सयले पछाडी परे । दक्षिणकालीमा पुगेर त झन उनलाई एमालेको मात्र होइन, माओवादीभित्रकै पनि मत नआएको गणनाका क्रममा देखा परे । यस हिसावले आन्तरिक ब्यवस्थापन मिलाउन चुक्दा परिणाम गुमेको वझुन कठिन छैन ।

३) केन्द्र र प्रदेशको सन्तुलनमा कमजोरी :
माओवादीले काठमाडौंमा आफनो संगठन कमजोर भएपछि केन्द्रमा भन्दा प्रदेशमा वढी जोड गर्न सक्नु पर्दथ्यो, नभए पनि केन्द्रमा आफुले पाएका क्षेत्रमा तल प्रदेशमा एमालेका उम्मेदवारलाई मिलाउने गरि काठमाडौं १० मा पनि जान सक्नुपर्दथ्यो । त्यसो गरेको भए काठमाडौं १० को हकमा एमालेलाई परिचालन गर्न सहज हुन्थ्यो । तर त्यसो नहुदा काठमाडौं १० गुमाउन पुग्यो । संघमै दावी गरिरहेको एमालेले उक्त क्षेत्रमा दुवै प्रदेशमा टिकट पाएको भए कोही पनि वेखुसी हुने अवस्था आउँदैनथ्यो । तर त्यसरी माओवादीले सोच्न सकेन । अर्काेतिर केन्द्रमा सिट वढी लिने र प्रदेशमा कम लिने निर्णय पनि माओवादीको वस्तुवादी देखिएन ।

धेरै प्रदेश लिएर कम केन्द्र (प्रतिनिधीसभा) मा टिकट लिनु पर्दथ्यो । त्यसो पनि गर्न नसक्दा काठमाडौंका धेरै मतदाता रहेको क्षेत्रमा माओवादीको चुनावी प्रचार नै ठप्प वन्यो । माओवादी नेता कार्यकर्ता सम्पूर्ण रुपमा नै एमालेको मात्र चुनावी चिन्हको प्रचारमा जुटनु पर्दा यसको असर उसलाई समानुपातिक तर्फको भोटमा पर्न गएको छ ।

४) उम्मेदवारको कमजोर जनसम्वन्ध :
माओवादीले जे – जति उम्मेदवार काठमाडौंमा उठायो, उनीहरु सवैको आफनो निर्वाचन क्षेत्रका जनतासँगको जनसम्वन्ध कमजोर देखियो । प्रायः सवै उम्मेदवार त्यहाका मतदाताका वीचमा अपरिचित नै थिए । पार्टी कमिटिमा चिरपरिचित उम्मेदवार भएपनि मतदाताका नजरमा माओवादी उम्मेदवार अपरिचित थिए ।

जस्तोकी, काठमाडौं १ मा अनिल शर्मा, ६ मा झक्कुप्रसाद सुवेदी र १० मा हितमान शाक्य सवै मतदाताका लागि नयाँ अनुहार थिए । उनीहरुको त्यहीका मतदातासागको सम्वन्धमा ग्याव थियो । १० वर्ष अगाडी काठमाडौं ६ वाट चुनाव जितेका ब्यक्ति काठमाडौं १० मा जानु, ६ मा २ वाट उठेका ब्यक्तिलाई लैजानु वस्तुसंगत देखिएन । अहिले उठेकै उम्मेदवारलाई चुनाव लडाउदा पनि क्षेत्र चयन मिलाउन नसक्दा माओवादी पराजित हुन पुग्यो ।

५) एमालेको अन्तरघात :
देशका अन्य जिल्लाहरुमा एमाले – माओवादी गठवन्धनले राम्रै भूमिका खेलेको भएपनि काठमाडौंमा एमालेको एउटा पक्षले माओवादी उम्मेदवारमाथी अन्र्तघात गरे । त्यसको उदाहरण उनका आफना उम्मेदवारको जित र माओवादी उम्मेदवारको हारको परिणामलाई तथ्यगत रुपमा विश्लेषण गर्दा वुझन सकिन्छ । जस्तोकी, काठमाडौं क्षेत्र नम्वर ६ को केन्द्रमा माओवादी उम्मेदवार झक्कु सुवेदी १३ सय मतले हारिरहदा त्यही क्षेत्रका दुवै प्रदेशमा एमाले उम्मेदवार भने भारी मतान्तरले चुनाव जिते ।

क्षेत्र नम्वर ६ को प्रदेश सभा (क) मा एमाले उम्मेदवारले २८ सय मतान्तरमा चुनाव जिते । अर्काे प्रदेश (ख) मा त झन ५ हजार वढीको मतान्तरले चुनाव जितेका छन् । त्यस्तै काठमाडौं १ को प्रदेश सभाको एउटा क्षेत्रमा पनि एमालेले जित निकालेको छ । उता काठमाडौं १० मा प्रदेशको एउटा मात्र क्षेत्रमा उम्मेदवारी दिएको एमालेले आफनो उम्मेदवार जिताएको छ भने वाकी माओवादी उम्मेदवार मात्र पराजित भएका छन् । यस हिसावले पनि एमालेको काठमाडौं भित्रका माओवादी उम्मेदवारमाथीको अन्तरघात प्रष्टै वुझन सकिन्छ ।

यस्तो अन्तरघातमा एमाले नेता माधव नेपाल पक्षका नेता – कार्यकर्ता लागेको देखिएको छ । अझ चर्चामा आएको विषयलाई मान्ने हो भने, एमाले नेता नेपालले आफु चुनाव जित्न काठमाडौं १ मा काग्रेसका प्रकाशमान सिंहलाई र १० मा राजन केसीलाई आफु निकट ब्यक्तिहरुलाई सघाउन लविङ गरे । अनि प्रकाशमान र राजनले काठमाडौं २ मा माधव नेपाललाई सघाए । काठमाडौं १० मा नेपाल पक्षका हिराकाजी महर्जनहरुले खुल्ला रुपमा नै राजन केसीलाई सघाएवाट पनि यो तथ्य वुझन गाहो छैन ।

निश्र्कष :

राजधानीका मतदातालाई अन्य क्षेत्रका मतदाताको तुलनामा वौद्दिक मानिन्छ । यो तथ्य मान्ने हो भने माओवादीले लोडसेडिङ अन्त्य गर्ने देखि सडक चौडा पार्ने सम्म र महगी नियन्त्रण गर्ने देखि आर्थिक वृद्धिदर वढाउने सम्मका काम काठमाडौं लाई राहात दिने उदेश्यले गरयो । तर उसले मत पाएन । स्वभाविक हो, कम मत भएकाले धेरै मत लिन सकिन्न । जति धेरै मत भएकालाई थोरै मत लिन सजिलो हुन्छ । काठमाडौंको हकमा माओवादीका लागि यही नियम लागु भएको छ । माओवादी परिणाममा फेरि पनि काठमाडौंमा निल भएको छ ।