अरुको चर्चा-परिचर्चा गरिरहनेहरू आफ्नो शक्ति त्यसै खेर फाल्दछन

  • प्रकाशित मिति : आइतवार, मंसिर ८, २०७६
  • न्युज बिहानी

विलियम शेक्सपियर (२६ अप्रिल १५६४ – २३ अप्रिल १६१६) अङ्ग्रेजी कवि तथा नाटककार थिए । उनलाई व्यापक रूपमा अङ्ग्रेजी भाषाका सबैभन्दा महान् लेखक तथा विश्वका सुप्रसिद्ध नाटककार मानिन्छन् । उनको नामले मात्र सारा बेलायत श्रद्धाले झुक्दछ र गर्वले फुल्छ । हामीलाई थाहा छ हामीले बोल्ने अधिकांस भनाइहरु हाम्रो दैनिक भोगाई र काम गराईमा सुहाउँदो हुन्छ । केहि दार्शनिक,केहि विश्लेषक त केहि बैज्ञानिक तथा धर्मग्रन्थमा भएका महावाणीले हाम्रो जीवन नै परिवर्तन गरिदिन्छ ।

आउनुहोस् ति महावाणी पढौं



  • चरित्र जीवनको गहना हो।
  • अरुको चर्चा-परिचर्चा गरिरहनेहरू आफ्नो शक्ति त्यसै खेर फाल्दछन।
  • जीवन एक गतिशील छाँया मात्र हो।
  • झुटो बोल्नेलाई अरुले विश्वास गर्दैनन् भन्ने होइन कि ऊ स्वयं नै कसैलाई विश्वास गर्न सक्दैन।
  • पापले यति साहसी बनाउंदैन,जति दयाले बनाउदछ।
  • दुखको मधुर पियूष दर्शन हो।
  • दुखको एकक्षण पनि निकै लामो समयजस्तो लाग्छ।
  • हाम्रा दोषहरु हाम्रा ग्रन्थहरुमा छैनन् , प्रिय ति दोष हामी भित्र छन् , त्यसैले हामी दुखि छौ।
  • तिमि रुख हो,पति मेर,म लहरा हुँ,बेह्रिने त्यसमा।
  • तिमि हिउँ जस्तो पवित्र र कन्चन हौ तिमीले कसैको निन्दाबाट डराउनु पर्दैन।
  • पछुतो हृदयको बेदना हो र निर्मल जिवनको उदय हो।
  • गहिरो नदीमा पानी बिस्तारै-बिस्तारै बग्दछ।
  • मेरो पुस्तकालयमा तिमि आउ,अनि तिम्रो रुचिको बिषय छानेर पढ र आफ्नो दुखलाई भुल।
  • बदलाको भाव साहस होइन तर त्यसलाई सहनु साहस हो।
  • बिचारमा तिमि जति महान् छौ . व्यवहारमा त्योभन्दा महान बन्न सिक।
  • आफुले आँफैलाई विचारहरुको बन्दीगृह नबनाउ।
  • संसारमा न केहि असल छ न खराब छ , केवल हाम्रो विचारले नै त्यसलाई असल र खराव बनाइदिन्छौ।
  • कुमारीहरु पति सिवाय केहि चाहान्दैनन , तब पति पाउँछन् अनि हरेक कुरो चाहन्छन।
  • हतारमा गरिएको विवाह प्राय असन्तोषजनक हुन्छ।
  • विवेक बहादुरीको उत्तम भाग हो।
  • आफ्नो विवेकलाई आफ्नै शिक्षक बनाऊ,शब्दलाई कामसँग र धर्मलाई शब्दसंग मेल गराऊ।
  • विपत्तिमा सबै करुणा दया र शान्तिको कुरा गर्छन।
  • प्रेम सबैमाथि गर,विश्वास केहि माथि गर,तर नराम्रो कसैलाई नगर।
  • तिम्रो बुद्दी नै तिम्रो गुरु हो।
  • जसरी एउटा सानो बत्तिको प्रकाश धेरै टाढासम्म फैलिन्छ , त्यसैगरी यस संसारमा भलाई धेरै टाढासम्म चम्कन्छ।