हाम्रो जीवन बिभिन्न उताब चढाव बीच चलिरहेको हुन्छ । कतिपय उत्पेरक बिचारले मानिसको जीवन नै बदलिदिन्छ । तपाई आदर्श र उच्चतम बिचारको कत्तिको आत्मसात गर्नुहुन्छ ? त्यसले तपाइको जीवनमा कस्तो प्रभाव पारेको छ कि छैन त्यो एक पटक अबस्य अनुमान गर्नुहोस् । तर प्रेरणादायी ति शब्द जसले धेरैको जीवन नै बदलेको छ ।
आउनुहोस् हेरौं ति प्रेरणादायी भनाईहरु:
१.एउटा गुणले समस्त दोषहरुलाई ढाकीदिन्छ ।-कौटल्य
२.रुपको पँहुच आँखासम्म हुन्छ , गुणले आत्मालाई जित्दछ ।-पोप
३.अनुभव नै साँचो गुरु हो ।-विवेकानन्द
४.सज्जन मानिसको लागि घमण्ड बाधक तत्व हो ।-विदुरनीति
५.आफ्नो विद्दतामा घमण्ड गर्नु सबै भन्दा ठुलो अज्ञान हो ।-जेरेमी टेलर
६.घमण्ड र ज्यादतीलाई दुष्ट आत्माको रुपमा लिइन्छ ।-फ्रेडरिक नित्से
७.घमण्डीको शिर झुक्दछ ।-प्रसिद्ध उत्ति
८.महान् परिणामहरुलाई जन्माउने घटनाहरु प्राय : निरर्थक परिस्थितिहरुबाट उत्पन्न हुन्छ ।-लिवी
९.साधारण घटनाहरुले पनि मानिसको हृदयको प्रवृत्तिलाई बताउँदछ ।-महात्मा गान्धी
१०.जिन्दगि सम्झौतै सम्झौताको लामो शृंखला हो ।-विशाल सिलवाल
११.व्यक्तिको सर्वश्रेष्ठ गुण उसको आत्मा चेतना हो ।-टि.एच.ग्रिन.
१२.घर चिन्न घर छोड तर घर नबिर्स ।-लक्ष्मीप्रसाद देवकोटा
१३.आगोले पोलेको घाउ आगो मै सेकाउनुपर्छ ।-प्रचलित उक्ति
१४.समस्याको बिचमै गुहार पसी दिनाले त हाम्रो सत्यनास भएको हो ,त्यसरी कमजोरलाई गुहार पसेर त बचाउनु त उसलाई झन् कमजोर बनाउनु हो ।-महात्मा गान्धी
१५.घुस लिने र दिने दुवै राष्ट्रका शत्रु हुन् ।-पृथ्वीनारायण शाह
१६.चरित्रबिनाको ज्ञान खराबीको शक्ति बन्न जान्छ र चरित्रको शुद्दी नै सारा ज्ञानको ध्येय हुनुपर्छ ।-महात्मा गान्धी
१७.चरित्र वृक्ष हो भने , प्रतिभा उसको छाया मात्र हो ।-अब्राहम लिंकन
१८.चरित्र जिवनको गहना हो ।-विलियम शेक्सपियर
१९.तिमि अँध्यारोमा जस्तो हुन्छौ तिम्रो चरित्र पनि त्यस्तै हुन्छ ।-हाइट एल मुडी
२०.चिन्ताले आजसम्म कहिल्यै कुनै कमीलाई पुरा गर्न सकेन ।-स्वेट मार्डन
२१.हाम्रा जनतालाई प्रजातन्त्र भनेको के हो थाहा छैन तर प्रजातान्त्रिक मुल्य स्थापना गर्न चाहन्छौं।–वि.पी.कोइराला
२२.जनता एकजुट भए तानाशाही केहि मिनेट पनि टिक्दैन ।-सरदार बल्लभ भी पटेल
२३.जय उसकै हुन्छ,जो संकटमा रहेर पनि कार्य पुरा गर्दछ ।-जवाहरलाल नेहरु
२४.जगत विना इश्वर पनि इश्वर हुँदैन,सृष्टि नभएमा इश्वर पनि हुँदैन ।-हेगेल
२५.ब्रम्ह सत्य हो र जगत मिथ्या हो ।-उपनिषद
२६.चोर केवल दण्डबाट मात्र बच्न चाहँदैन , उ अपमानबाट पनि बच्न चाहन्छ ।-प्रेमचन्द्र
२७.जिद्दी गर्नु हुँदैन,जरुरतभन्दा बढी शरीरलाई दुख दिने कार्य पनि गर्नु हुँदैन ।-गोरखबाणी
२८.जीवन एउटा गतिशील छायाँ मात्र हो ।-विलियम शेक्सपियर
२९.एउटा व्यर्थ जीवन नै शिघ्र मृत्युको कारण हो ।-गेटे
३०.जसले आफ्नो समयलाई राम्रो उपयोग गर्दछ , उसको जीवन महान् हो ,जसले समय नष्ट गर्दछ,उसको जीवन महान भए पनि तुच्छ सम्झीइरहंछ ।-कर्ममय