परदेशी छोरालाई आमाको भाबुक पत्र

                               

यम श्रेष्ठ (दक्षिण कोरिया)

मेरो बाबु१मेरो प्राण
म तिम्री आमा।।।✍️
जीवनको सबैभन्दा ठुलो प्रसव पीडा सहेर आफ्नो जीवनलाई खुकुरीको धारमा राखि जीवन मरणको दोशाधबाट नयाँ जिवनको अनुभूति गरेको दिन तिमीलाई यस धर्तिमा पाइला टेकाउन सफल भए। ती प्रसबको सारा पिडा भुलेर एउटी भाग्यमानी नारीको रूपमा आफुलाई उभ्याएको थिए।
जिवनमा म यति धेरै खुशी तब थिए जब तिमी मेरो काखमा रोहिरहेका थियौ।
अहिले त तिमी रोएको त के अनुहार मलिन बनाउँदा पनि मन चसक्क दुख्छ।
म त्यही आमा हुँ जो तिमी रुँदा तिम्रो आँशुहरु रोक्न बाढीको भेलसँग जुधेझैँ जुधिरहने,तिमीलाई भोक लाग्यो होला भनेर आफ्नो छाती चुसाउने, जाडो भयो होला भनेर न्यानो बनाउने, तिमीलाई सानो बिमार लागेपनि आतिएर धामी झाँक्री देखि हस्पिटलसम्म देखाउने,डरले तिम्रा पाइलाहरु डगमगाउँदा हिम्मत दिने, मेरो छोरा भनेर सबैको सामु गर्वका साथ भन्ने तिम्रो आमा हुँ म छोरा ।

कसरी तिमीलाई जलमलले उर्वरायुक्त माटोझैँ उच्च उर्वर बनाउने बाहेकको तिम्रो बुबा र मेरो अर्को सपनै थिएन।
हाम्रो धड्किरहेको धड्कन हरपल तिम्रो लागि धड्किन्छ छोरा ।।
सकि नसकी आधा पेट खाएर भए पनि अनेकौँ समस्यालाई झेलेर भएपनि, ऋण र मेलापात गरेर भएपनि हामीले तिमीलाई कहिल्यै कुनै अभाब महसुस खड्किन दिएनौँ।
ऐस आराममा सुख र सम्पन्नताले त हुर्काउन बढाउन सकिनौँ होला तर हामीले तिम्रो उज्ज्वल भबिष्यको निम्ति कुनै कसर राखेनौँ।

तिम्रो खुलेको खुशी झल्किने आवश्यकता,चाहनाको ठुलो बाकसलाई हामीले, हामी चाहेर पनि भनेजस्तो भर्न सकेनौँ होला।
मेरो छोरा।।।कयौ पटक असफल र असमर्थक भयौँ होला हामी तिम्रो चाहनाको लागि।
तिम्रो ओठहरुमा फोहोरमुक्त हाँसोको फोहोरा ल्याउन मैले दुर्गन्धहरुसँग पनि दोस्ती गरेको छु छोरा।।।
तिमीलाई तातेताते गर्न सिकाउने तिम्रो बाबाले तिम्रै खुशीको लागि परिश्रम गर्दै पसिना बगाइरहेका हुन्थे।लाग्थ्यो हाम्रै लागि दुस्ख गर्न जन्मेका रहेछन्।
मैनबत्तीझैँ आफ्नो परिवारको खुशी र उज्यालो भबिष्यको निम्ति जलिरहने तिम्रा बुबा१
लाग्छ की तिम्लाई उज्यालो दिने प्रकाश हुनुहुन्छ अनि साहारा र छहारि दिने आकाश पनि।

तिमी अब फक्रक्क फक्रिएको गुलाफ जस्तै असरदार भएका छौ छोरा।।तर आज एक्कासी तिम्रो यो बुढी आमाले तिमीलाई हुर्काएको आँगनीमा एक्लै छोडेर समुन्द्रपारीको संसारमा सम्पत्ति समाउन जान्छु भनेर गयौ।
जिजुबाजेको पालाको हाम्रो पुरानो घरको छानोबाट वर्षायाममा चुहिरहने पानीका थोपाहरुले तिम्रो मन मस्तिष्कमा बाढी आएको पनि हो कीरु
आफ्नो मुटुको टुक्रालाई एकपल आफूबाट टाढा राख्न कुनचाहिँ बुबा आमाको मनले मान्छ होला र१
सायद, तिमीले पनि बुझेर आमा बाबुको सर्पझैँ सलबलाईरहेका सपना पूरा गर्छु भनेर आफ्नो सुनौलो भविष्यको बुलन्द कल्पनाहरु बुनेर नै सात समुन्द्रपारी अन्जान मान्छेहरुको भिडमा अन्जान अप्ठ्यारो काम गर्नपनि तयार भयौ।

तिम्ले परिवार प्रतिको हरकोहीले जित्न चाहने जिम्मेवारीलाई आफ्नो जिम्मामा लिने अठोट गर्यौ है आज१
हेर१ छोरा तिम्रो पाइलाहरूले पाइरहने नतिजा सधैँ पास भएको सुन्नलाई यी कामै नलाग्ने झैँ भाका ुकु लाई पनि ुखु जस्तै सुन्ने थोत्रो कानहरु हरदम आतुर छन्।
हामी त चाहन्छौँ,तिम्रो प्रगतिको प्रस्ट आवाजहरु यत्रतत्र सर्वत्र गुञ्जिरहोस्।

हाम्रो आशाका किरण हाम्रो जिवनको सहारा तिमी नै थियौ छोरा।देशमा रोजगारीको सम्भावना भएको भए यसरी मनलाई पिटिरहने पिडा गाँठो पारेर एअरपोर्टबाट बिदाईको हात हल्लाउनु कसलाई रहर हुन्छ र१
तिम्ले अनेकौ रहर बाध्यता र रहरहरु झोलीमा पोको पारेर अनि रंगि बिरङगी सपनाका मालाहरु भिरेर केही समय दुस्ख गरेर भएपनि परिवारमा सुख र खुशीको दिन ल्याउछु भनी लम्केका तिम्रा पाइलाहरु र आशातित तिम्रा भबिष्यका कल्पनाहरु पूरा होस् ,एक दिनपनि तिम्रो शरीरले अस्वस्थ अवस्था भोग्नु नपरोस् भनेर भगवानसँग प्रार्थना गर्नु हाम्रो दैनिकी नै बनेको छ।

तिम्रो मुहारमा खुशी नटुटोस् ,मान्छे भएर जन्मेपछि अनेकौ दुस्ख पिर ब्यथा भोग्नुपर्छ ,हिड्ने मान्छे लड्छ जो लड्छ उहीँ नै प्रगतिको बाटोमा अघि बढ्छ। जिवनमा हारजीत भइरहन्छ समय परिस्थितिलाई सहजरुपमा स्विकार गर्नुपर्छ। कहिले पनि मनलाई अशान्ती र दुस्खी बनाउनु हुदैँन।भन्ने जिवनको बास्तबिकता तिम्रा बुबाले मलाई सम्झाईदिनु भनेर भनिरहनु हुन्थ्यो।
बिदेशमा गएर छिमेकीहरुको छोराहरुले गलत बाटो रोजेको र दुर्घटनामा परेको दुस्खद समाचार आउँदा हाम्रो पनि मन पोल्छ।
परिवारको सपना पूरा गर्न गएको सबैको सपना चकनाचुर पारि आफ्ना सन्तानले परिवारलाई मर्नु कि बाँच्नु बनाएर आधा बाटोमा लत्याई छोराले त्यस्तो हविगत देखाउँदा हाम्रो समेत मन छिया छिया हुन्छ।
यसले गर्दा समाजको बेइज्जत समेत सहन बाध्य भएको देख्दा हाम्रा सन्तान पनि बिदेशमा हुँदा धेरै चिन्ता लाग्दो रहेछ।
कतै तिमीमा पनि यस्तो कुबुद्दी आयो भने केही समस्या पर्यो भनेर आत्तिएर गलत बाटो रोज्यौँ भने हामी माथी कस्तो बित्छ होला भनेर कल्पना पनि गर्न म सक्दिन।
यस्तो त शत्रुको पनि नपरोस् भनेर कामना गर्छु।
यति सुन्दर संसारमा जन्मेर पनि हाम्रो जिवनलाई सही सिद्द बनाउन सकेनौँ भने त्यो जतिको महापाप के होला र१
सकारात्मक सोच लिएर आफ्नो सत्कर्ममा एक रति पनि बिचलित र निराश नहुनु। आफ्नो स्वास्थ्यको सधै ख्याल राख्नु जे जस्तो समस्या आए पनि मनमा कुनै कुरा गुम्साएर नराख्नु संगैको साथिभाइ र हामीलाई बाँड्नु।हरेक समस्याको समाधान छ।जिवनमा आशा मात्र यस्तो चिज हो जुन स्थायी हुन्छ त्यसैके हरेक कुरामा झिनो भए नि आशा राख्ने गर्नु अवश्य रात पछि दिन आउँछ।अनि दुस्ख पछि सुख।
हुन त मैले भन्दा धेरै कुरा तिम्ले बुझ्ने भैसक्यौ।आमाको मन न हो।संसारको सबै भन्दा धेरौ खुशि,प्यारो र अन्मोल सम्पत्ति आफ्नै सन्तान लाग्दो रहेछ।

अब म बुढी भएँ,तिम्रा बुबाले नि उमेर खाएर होला पहिला झैँ काम गर्न सक्न्नुहुन्न। हामीले एक अर्काको ब्यथा सुनाएर भए पनि मन हल्का बनाइरहन्छौँ।
सम्पत्तिले सम्पन्न हुदैँमा त्यो खुल्ला खुशी मिठो निन्द्रा
सबैले कहाँ किन्न सक्दोरहेछ१
तिम्रो त्यो लामो जिन्दगीको पहिलो पाइला हिँड्न मैले साथ दिए तर आज मेरो जिवनको अन्तिम पाइलामा तिमी किन म सँग छैनौरुरु
फर्केर आउ छोरा।।।म तिम्रो बाटो हेरेर कुरेर बसेको छु।
मेरो जिन्दगीको अन्तिम घडीहरु म तिम्रो साथमा बिताउन चाहन्छु।तिमी आउने दिन पात्रो पल्टाई पल्टाई हेरिरहेको छु।
चाहिँदैन पैसाको बिटो मकैको पिठोमा रमाउनेछु।
आफ्नै खोरिया बारी खनेर डल्ला फुटाएर परिश्रमको पसिना रोपेर सुन फलाउनुपर्छ।
बाबु छोरा म तिम्रै आमा हुँ म फेरि भन्छु
नपर अरुको देशको मात्र भर ,
फर्की आऊ अब आफ्नै घर !!

उहीँ परदेशी छोराका आमा……….नेपाल आमा

(लेखक एक सामाजिक अभियन्ता हुनुहुन्छ।)