साउदीले माग्यो एक लाख नेपाली

                               

एक लाख नेपाली कामदार पठाउन साउदी सरकारले माग गरेको छ । श्रम सम्झौता भएलगत्तै साउदी अरबले एक लाख घरेलु कामदार पठाउन प्रस्ताब गरेको गरेको हो । अहिले श्रम सम्झौता नभएका मुलुकमा नेपाली घरेलु कामदार जान रोकिएको छ । श्रम सम्झौता नभएका मुलुकमा नेपाली कामदारलाई अहिले प्रतिबन्ध लगाईएको छ ।

यस संगै एक लाख नेपाली कामदारलाई साउदी तत्काल पठाउन प्रस्ताव गरेको रियादस्थित नेपाली दूतावासका ‘डेपुटी हेड’ आनन्द शर्माले साउदीले बताए । अघिल्लो साता साउदी अरबका श्रम तथा सामाजिक विकाश मन्त्री डा. अली अल घाफिससँग भेटवार्तापछि उनको यस्ते प्रतिक्रिया आएको हो । नेपाली कामदार पठाउने बारेमा अहिले ध्यायन र छलफल भईरहेको उनले बताए ।

शर्माले भनेका छन्, ‘साउदीको प्रस्तावमा विशेषगरी घरेलु कामदारको विषयमा नेपाल सरकार सकरात्मक रहेको छ । नेपालबाट कुनै पनि देशमा घरेलु कामदार पठाउन अहिले रोकिएको छ र कामदार पठाउने नीति संशोधन गरिँदै छ ।’

नेपालबाट साउदी अरबमा घरेलु कामदार पठाउने कार्य अहिले रोकिएको र दुई देशको बीचमा औपचारिक सहमतिमा हस्ताक्षर भएपछि मात्रै यो अवस्था परिवर्तन हुने नेपाली कुटनीतिज्ञले बताए ।

कामदारको सुरक्षा र कल्याणको लागि घरेलु कामदार पठाउने कार्य अहिले रोकिएको पनि उनले प्रष्टीकरण दिए ।

‘प्रति महिना १५ सय(४५ हजार रुपैयाँ) रियाल वरिपरिको उपयुक्त तलब घरेलु कामदारले पाउने गरी श्रम सम्झौतामा औपचारिक हस्ताक्षर भएपछि साउदी अरेबियालाई प्रस्तावित एक लाख कामदार नेपालले पठाउने छ’ शर्माले भने ।