नेपाली घले दम्पति अष्ट्रेलियाकै ८१ औं धनीमा उक्लीन सफल

                               

प्रवासी नेपालीहरुको संगठन एनआरएनका अध्यक्ष रहिसकेका घलेको मेल्बर्नमा मेल्बर्न इन्स्टिचुट अफ टेक्नोलोजी नामक शैक्षिक संस्था छ ।

११ जेष्ठ, काठमाडौं । नेपाली समुदायका शेष घले अष्ट्रेलियाको ८१ औं धनीमा पर्न सफल बनेका छन् । घले नेपाली भएपनि अष्ट्रेलियामा रहेर व्यवसाय गर्दै आएका थिय ।
एकदमै मेहनति शेष घले र जमुना घले संघर्ष नेपाली मुलुकको यो जोडी यस वर्ष अष्ट्रेलियाको ८१ औं धनीको सूचीमा उक्लिएका छन् । गत वर्ष १०१ औं स्थानमा रहेका घले दम्पति यो वर्ष २० स्थान माथि उक्लिएका हुन् ।

अष्ट्रेलियाको फाइनान्सीयल रिभियूले हरेक वर्ष सार्वजनिक गर्ने धनीको सूची अनुसार उनीहरुको कुल सम्पति ८ सय ७६ मिलियन डलर पुगेको छ । रिभियूका अनुसार उनीहरुको सम्पति गतवर्षको भन्दा ३५ दशमलव ४ प्रतिशतले बढेको हो ।

प्रवासी नेपालीहरुको संगठन एनआरएनका अध्यक्ष रहिसकेका उनको मेल्बर्नमा मेल्बर्न इन्स्टिचुट अफ टेक्नोलोजी नामक शैक्षिक संस्था छ भने घरजग्गा लगयतका व्यवसायमा समेत उनिहरु सकृया छन् । बिहीबार साँझ सार्वजनिक भएको सूचीमा एन्थोनी प्राट पहिलो नम्बरमा छन् ।