मेस्सीद्वारा ६०० गोल पूरा

                               

काठमाडौं, फागुन २१ । आइतबार राति स्पेनिस ला लिगामा एथ्लेटिको मड्रिडविरुद्ध गोल गरेसँगै बार्सिलोनाका अर्जेन्टिनी स्टार लियोनल मेस्सीले ६ सय अन्तराष्ट्रिय गोल गरी कीर्तिमान बनाएका छन् ।

उनले क्लबका लागि ५३९ गोल गरेका छन् भने देशका लागि ६१ । उनले सबैभन्दा धेरै २९ गोल सेभिल्लाविरुद्ध गरेका छन् ।

ला लिगाको इतिहासमा सबैभन्दा धेरै ९३६० फरक टिमविरुद्ध गोल गर्ने खेलाडी पनि उनी नै हुन् । उनले गरेका ६०० गोलमध्ये १४८ गोल ७० देखि ९० मिनेटको बीचमा भएको छ ।

उनलाई धेरै गोल पास दिने ड्यानी अल्भेस हुन्, जो हाल पीएसजीमा छन् ।

मेस्सीले ला लिगाको ८ उपाधि उचालिसकेका छन् भने च्याम्पियन्स लिगमा चार पटक च्याम्पियन बनेका छन् ।