हेटौँडा गोल्डकप फाईनल : आज आर्मी र पुलीस भिड्दैै

                               

हेटौँडा,फागुन १२ । हेटौँडामा जारी तेश्रो हेटौँडा गोल्डकपको फाइनलमा त्रिभुवन आर्मी र नेपाल पुलीस क्लब भिड्दैछन् ।

हेटौँडाको वन विज्ञान अध्ययन सस्थानको खेल मैदानमा दिउसो २ बजे बाट खेल शुरु हुनेछ ।

८ टोलीको सहभागिता रहेको प्रतियोगिताको विजेताले नगद ५ लाख र उपविजेता नगद ३ लाखसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने छ ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद ५० हजार प्राप्त गर्नेछन् भने उत्कृष्ट विधाका पाँच खेलाडीले नगद १५ हजारको दरले पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठान हेटौंडाको आयोजनामा प्रतियोगिता भयको हो।