पोखरा प्रिमियर लिगको उपाधि पोखरा पल्टनलाई

                               

कास्की । पहिलो पोखरा प्रिमियर लिगको उपाधि चितवन राहिनोजलाई तीन विकेटले हराउँदै पोखरा पल्टनले जितेको छ । टस जितेर पहिले बलिङ रोजेको पोखरा पल्टनले चितवनले दिएको १६१ रनको लक्ष्य ७ विकेट गुमाउँदै १९ ओभर दुई बलमा भेटाएको हो ।

पोखरा पल्टनका लागि रवि इन्दर सिंहले सर्वाधिक ९० रन बनाए । उनले ५८ बलमा १३ चौका र ३ छक्काको सहयोगमा ९० रनको योगफल तयार पारे ।

त्यस्तै मोहम्मद नावीदले २५ रनको योगफल तयार पार्दा कप्तान शरद भेषावकरले २२ रन बनाए ।