प्रदेश ३ को मन्त्रिमण्डल विस्तार, एमालेबाट तीन र माओवादीबाट एक थपिए

                               

हेटौडा, फागुन १६ । प्रदेश नं ३ को मन्त्रिमण्डल बुधबार विस्तार भएको छ । आज एमालेबाट तीन र माओवादीबाट एकजना मन्त्री थपिएका छन् ।

अरुण नेपाल, कैलाश ढुंगेल, दावादोर्जे लामा र युवराज दुलाल मन्त्री बनेका छन् । यससागै मुख्यमन्त्री डोरमणि पौडेल नेतृत्वको मन्त्रिपरिषद् सात सदस्यीय बनेको छ ।

एमाले पोलिटव्यूरो सदस्य नेपालले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएका छन् । ढुंगेल अर्थ तथा योजना मन्त्री बन्दा लामाले कृषि तथा सहकारी मन्त्री बनेका छन् ।

माओवादी नेता दुलालले सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् । दुलालले लामो समय माओवादी अध्यक्ष प्रचण्डको अंगरक्षकका रुपमा काम गरेका थिए ।

यसअघि माओवादीका शालिकराज जमरकट्टेले आन्तरिक मामिला र कानूनी मन्त्री र एमालेका केशव स्थापित भौतिक पूर्वाधार तथा निर्माण मन्त्री भइसकेका छन् ।