जनताको हरेक सुख दुःखमा सँगैसँगै हुने छुः प्रचण्ड

                               

भरतपुर, १३ फागुन । चितवन जिल्ला क्षेत्र नं।३ को जनसम्पर्क कार्यालयको आइतबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । भरतपुर ९ हाकिमचोकमा कार्यालयको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रिवन काटेर गरे ।

अध्यक्ष प्रचण्ड यसै क्षेत्रबाट निर्वाचित प्रतिनिधि सभासद हुन । कार्यालयको उद्घाटन गर्दै उनले भने– ‘प्रचण्ड नभएपनि जनताहरुलाई प्रचण्ड भएको महसुश जनताले गरुन् । जनताका हरेक गुनासामा हातेमालो गर्दै अगाडी बढ्न कार्यालयको भुमिका महत्वपुर्ण रहने छ ।’

चितवन जिल्लाम कसरी काम हुन्छ भनेर ,साना देखि ठुला विकास निमार्णको काम राष्ट्र र विश्वले हेरि रहेको बताए । अवसर र जिम्मेवारी दुबै मनन गर्दै समृद्धिको बाटो हिड्ने समय आएको धारणा राखे ।

जनतासँग जिवन्तरुपमा जोडिएर काम गर्न कार्यालयका प्रतिनिधिहरुलाई आग्रह गरे ।

राष्ट्रिय भुमिकाका कारण सधै चितवनमा बस्न नपाएपनि प्रतिनिधिहरु मार्फत हरेक समय जोडिएर अगाडी बढने प्रतिवद्धता व्यक्त गरे ।

जनताको हरेक सुख दुःखमा सगै सगै हुदै विकास निमार्ण ,सुशासन र समृद्धिको लागि अगाडी बढने उनको भनाई छ ।