अघि बढेन नेकपाको एकता प्रक्रिया, कार्यकर्ताको बेहाल

                               

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीभित्र देखिएको आन्तरिक किचलोले गर्दा सांगठनिक एकता प्रक्रिया नै प्रभावित बनेको छ । पार्टीको सांगठनिक एकीकरणलाई टुंगो लगाउन शीर्ष नेतृत्वकै बेवास्ता देखिएको छ ।

पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले नै एकता प्रक्रियालाई टुंगो लगाउन पर्याप्त ध्यान नदिएको आरोप सचिवालयका नेताहरुले नै लगाउन थालेका छन् ।

एकताको पाँच महिना बितिसक्दा पनि तल्लो तहसम्म नेकपा एकजुट बन्न सकेको छैन । जसका कारण संगठन ‘प्यारालाइज्ड’ भएको छ ।