मन्त्रिपरिषद् बैठक सम्पन्नः निर्णय गुपचुप नै राखियो

                               

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक नगर्न मन्त्रीहरुलाई पुनः सचेत गराएका छन् । गत आइतबारको मन्त्रिपरिषद् बैठकका निर्णय गोप्य राख्ने भनिए पनि केही मन्त्रीले सार्वजनिक गरेपछि बिहीबारको बैठकमा ओलीले थप सचेत गराएका हुन् ।

‘प्रधानमन्त्रीज्यूले मन्त्रीहरुलाई आज पनि सचेत गराउनुभएको छ,’ सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा भने, ‘सक्नुहुन्छ भने खोजी पत्रकारिता गरेर आज (बिहीबार)का निर्णय पनि सार्वजनिक गर्नुस् ।