नेकपाको तल्लो तहसम्मको एकता प्रक्रिया लम्बिदै

                               

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको तल्लो तहसम्मको एकता प्रक्रिया लम्बिएको छ । दसैँ अगाडि नै कार्यकर्ता तहसम्मको सङ्गठनको एकता गरिसक्ने दाबी नेताहरुले गरे पनि आजसम्म पनि एकता प्रक्रिया सुरु भएको छैन ।

नेकपाको प्रदेश स्तरसम्मको सङ्गठनमा पुनर्गठन भएपनि त्यसभन्दा तलको एकता हुन सकेको छैन । नेकपाका केही नेताहरूले सङ्गठन निर्माणमा असन्तुष्टि जनाएपछि एकतामा ढिलाई भइरहेको छ र्। नेकपाका नेता सुवासचन्द्र नेम्वाङले दसैँ अगाडि नै सबै तहको एकता प्रक्रिया सकिने बताएका थिए । तर आजसम्म पनि एकताको प्रक्रिया सकिएको छैन ।