तीनवटै राप्रपाबीच एकता निश्चित्, भयो यस्तो सहमति

                               

काठमाडौं । तीन वटै राप्रपाबीच अब छिट्टै एकता हुने भएको छ। तीन वटै पार्टीका अध्यक्षहरु क्रमशः कमल थापा, पशुपतिशमशेर राणा र डा प्रकाशचन्द्र लोहनीबीच एकताको लागि छलफल भएको छ ।

उनीहरु एकताको सहमतिनजिक पुगेको नेता बुद्धिमान तामाङले दिए । लामो समयदेखि विभिन्नमा खेमामा विभाजित रहेका उनीहरु अब एक हुँदा बलियो प्रजातान्त्रिक शक्ति निर्माण हुने आम नेता तथा कार्यकर्ताको बुझाई छ ।

स्रोतका अनुसार नेता बुद्धिमान तामाङको पहलमा आज विहान तीनै राप्रपाका शीर्ष नेताहरुबीच छलफल तथा सम्वाद भएको छ । तीन वटै अध्यक्षहरु एकताको सहमतिमा पुगेका छन् । नीति र विचारमा कुनै विवाद छैन् ।

एकीकृत राप्रपा (राष्ट्रवादी) का अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले दिएको जानकारी अनुसार एकताबारे आफूहरुबीच सहमति भैसकेको जानकारी दिए । तीन राप्रपाको एकीकरण सोमबार नै हुने सम्भावना छ।