काङ्ग्रेस भित्रको आन्तरिक कलहका कारण  चुनावमा हार भयो : देउवा

                               

दीपावली, नेपाल संवत् २०३९ तथा छठ पर्वको अवसरमा आज नेपाली काङ्ग्रेस भक्तपुरले आयोजना गरेको शुभकामना आदानप्रदान एवं जय नेपाल स्मारिका विमोचन कार्यक्रममा  काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली काङ्ग्रेस भित्रको आन्तरिक कलहका कारण  चुनावमा हार भएको बताएका छन् । देउवाले  “नेपाली काङ्ग्रेसमा आपसी मेलमिलाप हुन नसक्दा र पार्टीभित्रको आन्तरिक झगडाका कारण चुनावमा हार व्यहोर्नुपरेको अन्यथा आन्तरिक झगडा नभएको भए चुनाव जितिनेथियो देउवाले भने  ।

देउवाले चुनावमा भएको हारबाट नेपाली काङ्ग्रेसले धेरै ठूलो पाठ सिक्नुपर्ने बताउदै  हारबाट हतोत्साही र निरशा नभई अबको चुनाव जितमा परिणत गर्नुपर्ने बताए  । काङ्ग्रेस एक अर्कालाई हराउने खेलमा लाग्दा व्यक्तिले मात्र नभई सिङ्गो पार्टीले हार व्यहोनुपरेको  बताउदै उनले काङ्ग्रेसभित्र पार्टीले जसलाई टिकट दिए पनि जिताउनुपर्छ भन्ने संस्कार बसाल्नु अति आवश्यक रहेको समेत बताए ।