नुवाकोटका ६ ओटै क्षेत्रमा बामगठवन्धन अगाडी

                               

नुवाकोट, मंसिर २२ । प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा नुवाकोटमा बमगठबन्धका उम्मेदवारले अग्रता लिएका छन् । बिहीबार साँझबाट सुरु गरी जारी रहेको मतगणनाको आज बिहान ६ बजेसम्मको पछिल्लो परिणामा प्रतिनिधि सभा क्षेत्र नं। १ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार हितबहादुर तामाङ तीन हजार ३३३ मतको साथ अग्र स्थानमा रहनुभएको छ भने नेपाली काँग्रेसका उम्मेदवार डा।रामशरण महतले दुई हजार ८७१ मत प्राप्त गर्नुभएको छ ।

यस्तै, प्रतिनिधिसभा क्षेत्र नं २ मा नेकपा एमालेका उम्मेदवार नारायणप्रसाद खतिवडा तीन हजार ७० मतको साथ अग्र स्थानमा रहनुभएको छ । काँग्रेसका उम्मेदवार अर्जुननरसिंह केसीले एक हजार ९७० मत प्रात गर्नुभएको मुख्य निर्वाचन अधिृकत लोकजङ्ग शाहले जानकारी दिनुभयो ।

प्रतिनिधिसभा तर्फ जस्तै प्रदेशसभातर्फ पनि बामगठबन्धका उम्मेदवारले अग्रता लिएका छन् । प्रतिनिधिसभा क्षेत्र नं १ को क तर्फ माओवादी केन्द्रका उम्मेदवार राधिका तामाङ एक हजार ५२५ मतको साथ अग्रस्थानमा रहनुभएको छ भने काँग्रेसका उम्मेदवार महेन्द्र थिङले एक हजार ४१ मत प्राप्त गर्नुभएको छ । प्रदेश ९ख० तर्फ एमालेका बद्री मैनालीले एक हजार ७३९ मत ल्याएर अग्र स्थानमा रहनुभएको छ भने काँग्रेसका उम्मेदवार रमेशकुमार महतले एक हजार ११९ मत प्राप्त गर्नुभएको छ ।

यस्तै, प्रतिनिधिसभा क्षेत्र नं २ को प्रदेश क मा एमालेका उम्मेदवार केशवराज पाण्डेले एक हजार ९४८ मत ल्याएर अग्रस्थानमा रहनुभएको छ भने काँग्रेसका उम्मेदवार जगदीशनरसिंह केसीले एक हजार ३३४ मत प्राप्त गर्नुभएको छ ।

प्रदेश ख तर्फ माओवादी केन्द्रका उम्मेदवार हिरानाथ खतिवडाले एक हजार ५२६ मत ल्याएर अग्रस्थानमा रहनुभएको छ भने काँग्रेसका उम्मेदवार जगतबहादुर तामाङ एक हजार ३८८ मत प्राप्त गर्नुभएको छ ।

नुवाकोटमा प्रनिनिधिसभाको दुई र प्रदेशसभाको चार पद गरी कुल छ पदको लागी ४६ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन् । मंसिर १० गते भएको निर्वाचनमा एक लाख ३९ हजार ७६१ मतदाताले मतदान गरेका छन् । अन्तिम नतिजा आउन तीन दिन लाग्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।