अपूरो वहसले हतारमा पार्टी एकता गर्दा अर्काे दुर्घटना निम्तन सक्छ

                               

यान्त्रिकताका रुपमा टाकटुक मिलाईसकेपछि एकता हुन्छ भन्ने खालको एक किसिमको मानसिकता देखिएको छ । यो खालको एकता भईहालेपनि कामयावी हुदैन

० एमाले माओवादी पार्टी एकताको प्रक्रिया काहाँ पुग्यो ?

एमाले माओवादी पार्टी एकताको सम्भावना छ । पार्टी एकताका लागि आवश्यक राजनीतिक तथा सांगठनिक प्रतिवेदन तयार पार्न गठन गरिएका कार्यदलले पार्टी एकता संयोजन समितिमा वुझाईसकेका छन् । तर एकताका सन्र्दभमा वैचारिक राजनीतिक तथा सांगठनिक क्षेत्रमा जे खालका बहसहरु भईरहेका छन्, ति बहसहरु अपुरो छ । ति बहसले पूर्णता प्राप्त गरेको छैन ।

यी दुई पार्टीका अलग–अलग दुई खाले स्कुलिङ छन् । जसका कारण दुवै पार्टीले एकले अर्कोलाई निषेध गदै आएका थिए । तर राष्ट्रिय राजनीतिक परिस्थितीले अव यी दुवै पार्टीलाई एक ठाउँमा आउनु पर्ने वातावरण निर्माण गरेको छ । एकै ठाउँमा आएर चुनाव पनि लडयौं, उपलब्धी पनि हासिल गरेका छौं । स्कुलिङका फरकपनहरुलाई कागजमा सही मात्र गरेर हामी एक भयौं भनेर मात्र हटदैन । त्यसका लागि वैचारिक संर्घष, आत्म संर्घष र एक किसिमले वर्ग संर्घषको माध्यम वाट अगाडी वढनु पर्छ ।

तर अहिले हामीले जसरी एकताको प्रक्रियालाई अगाडी बढाउन खोजेका छौं, त्यो अप्ठायारो बाटोवाट भन्दा पनि सजिलो बाटोका लागि यान्त्रिकताका रुपमा टाकटुक मिलाईसके पछि एकता हुन्छ भन्ने खालको एक किसिमको मानसिकता देखिएको छ । यो खालको एकता भईहाले पनि कामयावी हुदैन । त्यसको रिजल्ट हामीले पार्टी स्थापना दिवसका दिन राष्ट्रिय सभा गृहमा देखिसकेका छौं ।

एउटा ब्यानरको झगडाले के संकेत गर्छ भन्दा हामी गम्भिर र आत्मसमिक्षा गरेर नयाँ विचार, नयाँ पार्टी, नयाँ सस्कृति नयाँ लिडरसिप, नँयाँ नेतृत्व, नयाँ देश वनाउने दिशा तिर होइन की, एउटा पावर सेन्टलाइज गर्नेतिर केन्द्रीत छौं । एकता हुनुपर्छ, जनता, कार्यकर्ताको माग पनि त्यही हो । तर जसरी तयारी हुनुपर्ने थियो, त्यो अपूरो छ, यसले फेरि पार्टी एकता भईहाले पनि दुर्घटना ननिम्त्याउँला भन्ने छैन । त्यो खतरा भने छ ।

० पार्टी संगठनको समायोजन कसरी हुन्छ ? एकीकृत पार्टीको । एमालेको सानो कमिटि र माओवादीको जम्वो केन्द्रीय समिति वीचको मिलनविन्दु के हुन्छ ? ७०–३० को कुरा एमालेवाट वारम्वार उठाइदै छ ?

७० –३० का आधारमा पार्टी एकता हुदैन । माओवादीको केन्द्रीय समिति लगायतका संगठनहरु जम्वो छ, त्यो हाम्रो समस्या हो । माओवादीको आफनो विघटनवादी चिन्तनका कारण संगठनहरु जम्वो हुन पुग्यो । त्यो हाम्रो समस्या हो । तर अव बन्ने एककिृत पार्टीको केन्द्रीय समिति वा संगठनहरु जम्वो वनाइनु हुदैन ।

२००६ साल यता कम्युनिष्ट पार्टी स्थापना देखिका अहिले सम्मका सवै अनुभवहरुलाई केन्द्रमा राखेर अहिलेको केन्द्रीय समिति केन्द्रीय समिति जस्तो हुनुपर्छ । चिनिया कम्युनिष्ट पार्टीमा ७ जना स्थायी समिति सदस्य छन्, तर हाम्रोमा हे¥यो भने कति कति जम्वो छ । यस वाट पनि हामीले शिक्षा लिनुपर्छ । माओवादीको अहिले जम्वो छ । यसलाई हामीले सम्वोधन गर्न नसक्ने छैनौ, एमालेले केही ब्यवस्थापन गरेको छ । त्यसकारण प्रतिशत यति उति भन्ने होइन, सम्मानजनक हुनुपर्छ । त्यो करिव करिव एक किसिमले सहमति पनि भईसकेको छ । पार्टी एकता भनेको विचारको एकता हो । संख्या र गणितको एकता होइन भन्ने कुरा वुझनु पर्छ । त्यही आधारमा एकताको प्रक्रियामा जान्छ ।

० एमाले अध्यक्ष ओलीले अव पार्टी एकता वाट कोही पछाडी हटन सक्दैन, जुत्ता मिलेन भने पनि अव खुटटा ताछेर भएपनि मिलाउनु पर्छ भन्नुभएको छ नी ? यो के भन्न खोज्नुभएको हो ?

ओलीजीको उक्त भनाईलाई रचनात्मक रुपमा लिदा पनि मिल्छ, त्यसलाई ध्वंसात्मक रुपमा लिदा पनि मिल्छ । ब्यंग्य, आक्रोश दुवै पनि उक्त अभिब्यक्तिमा आएको छ । तर नेताहरुले त्यसरी वोल्नु हुदैन । मुख्य नेताहरुले एकले अर्कोलाई होच्याउने, एकले अर्कोलाई निस्तेज गर्न खोज्ने, कटाक्ष गर्ने कुरा उहाँहरुको होइन । उहाँहरुले देशको वारेमा सोचेर नेतृत्व लिने कुरा हो । तर सानातिना झिनामसिना कुरामा अल्झेर बस्नु हुदैन ।

० माओवादीले आफनै पार्टीवाट विभाजित भएर गएका मोहन वैद्य लगायत नेताहरु सँग एकता गरेर जान सक्छ की सक्दैन ?

पार्टी एकताका लागि अहिले हामीले वैद्य, विप्लव जीहरु सँग कुराकानी नै भएको भने छैन । तर पनि समग्र कम्युनिष्ट आन्दोलनलाई एउटै कम्युनिष्ट आन्दोलन बनाउने कोर्सभित्र वैध, विप्लव र बाबुराम जीलाई पनि यो कोर्समा हामीले लिनुपर्छ । यसमा मोहनविक्रम सिंह देखि सिपि मैनाली सम्मलाई पनि यही कोर्समा ल्याउनु पर्छ । हामीले एउटै कम्युनिष्ट पार्टी बनाउने लक्ष्य लिएर अगाडी बढिसकेपछि सानातिना धाराहरुलाई पनि सँगै लिएर जानुपर्छ ।

अझ त्यसमा वैद्य, विप्लवजीहरु नेपालका क्रानितकारी धारा भएकोले ति धाराहरुलाई सँगै लिएर कम्युनिष्ट आन्दोलनको क्रान्तिकारी धारालाई बलियो बनाएर जानुपर्छ । अहिले नै उहाँहरु पहिलो फेजमा नआए पनि हामीले प्रगतिशिल कामहरुलाई प्राथमिकतामा राखेर गर्दै जाने र छलफल पनि चलाउदै जाने हो भने दोश्रो फेजमा उहाँहरु पनि यही कम्युनिष्ट धारमा आउनुहुन्छ ।

० माओवादी भित्र कार्यकर्ताको ब्यवस्थापनको कुरा जहिल्यै उठ्छ, ब्यवस्थापनमा पार्टी चुकेको छ , एमाले सँगको पार्टी एकतामा झन आफना पार्टी नेता कार्यकर्ता कसरी ब्यवस्थापन गर्ने सोचेको छ ?

माओवादीको करा गर्दा लथालिंग नै छ । यो पार्टी कसरी चलेको छ वझुन नसकिने भएको छ । भगवानले नै चलाएको जस्तो देखिन पुगेको छ । कार्यकर्ता ब्यवस्थापन तपाईले भने जस्तो गर्न सकेको छैन । यो नै माओवादीको सवै भन्दा ठूलो गल्ती हो । यदि माओवादीले कार्यकर्ताको सही ब्यवस्थापन गरेर गएको थियो भने माओवादीको अहिले हामी जुन स्थिती छ भनिरहेका छौं, त्यो भन्दा धेरै माथी हुने थियो ।
अव कार्यकर्ता ब्यवस्थापनमा सवै भन्दा वढी माओवादी गम्भिर बन्नुपर्छ । समग्रमा अव माओवादी मात्र होइन, अस्तिको पार्टी स्थापना दिवसका दिन केपी ओलीले पनि शहीद परिवार, घाइते अपांगको कुरा गर्नुभयो, त्यो उहाँको कुरा सकारात्मक छ । अव पनि कार्यकर्ताहरुको ब्यवस्थापन नगर्ने प्रवृत्ति दोहोरियो भने अर्को दुखान्त परिघटना वोकेर आउँछ ।

० प्रधानमन्त्री ओली चिनको वोआओ सम्मेलन छोडर दक्षिणी छिमेकी मुलुक भारत जानुभयो, यसलाई कसरी हेर्नु भएको छ ?

एकता, अहिलेको सरकार, मा कम्युनिष्टहरुको दुई तिहाई मत यी सवैले नेपाल मात्र तरंगित छैनकी अन्तराष्ट्रिय शक्तिकेन्द्रहरु पनि तरंगित छन् । अझ विशेषतः दक्षिणको भारत तरंगित छ भन्ने कुरा हामीले वुझेका छौं । त्यो हाम्रो स्वतन्त्र निर्णयवाट भन्दा पनि कतैवाट प्रभावित भयौं । हामीले वोआओ सम्मेलनलाई प्राथमिकता दिनुपर्दथ्यो । सँगै भारतको भ्रमणलाई पनि ।

दुवै छिमेकी सँग समान रुपले प्राथमिकता दिनुपर्दथ्यो, त्यो नदिदा हामीले भन्दै आएको सन्तुलित परराष्ट्र नीति मिस हुन्छ की भन्ने कुराको भय पैदा भएको छ । त्यसमाथी अहिले जसरी मोदीको नेपाल भ्रमण भनेर ठूलो ह्युमर देखाउन खोजिएको छ, त्यसले नेपाल इन्डियाकै वरिपरि घुमिरहने , भारतकै कन्सेप्टका आधारमा चलिरहने छ भन्ने देखिन पुगेको छ । त्यसकारण यसमा मिस्टेक भएको छ ।

० चिनिया राष्ट्रपतिको नेपाल भ्रमण गर्ने कुरा पटक पटक भईरहेको छ, तर हुन सकेको छैन, यसरी हुन नसक्नुमा नेपालले लिएको परराष्ट नीतिले काम गरेको ठान्नुहुन्छ तपाई ?

भारत, देखि अन्य मुलुकका राष्ट्रपति, प्रधानमन्त्री जस्तो होइनन्, चिनिया राष्ट्रपति, प्रधानमन्त्री, विश्वका ५ सुपर पावर राष्टहरु मध्येको एक हो चिन । यी पावरहरु त्यसकारण पनि अरु जस्तो सामान्य रुपमा हिड्दैनन् । त्यसकारण त्यति कारणले नेपाल भ्रमण नगरेको भन्ने होइन । केही कारणहरु छन्, त्यो भनेको नेपालको शान्ति,समृद्दि र भ्रमणको औचित्य नेपालले स्थापित गर्न सक्छ की सक्दैन ? एउटा राष्ट्रपतिको भ्रमण पछि दुई देशको सम्वन्धले गुणात्मकता पैदा गर्नुपर्ने हुन्छ ।

सहयोग आदन प्रदानका कुरा पनि गुणात्मक हुनुपर्छ । रिजल्टमुखी भ्रमणहरु हुन्छन् की हुन्नन् भन्ने कुरा विशेष गरि चिनियाहरुले सोच्छन् । उनीहरुको प्रचारमुखी र राजनीतिमुखी भ्रमण हुदैन । उनीहरुको जनमुखी र विकासमुखी भ्रमणहरु वढी हुन्छन् । तर यस्तो अस्थिर खालको वातावरण छ, वामपन्थीहरुको सरकार आएपनि । त्यही भएर भ्रमण पातलो हुन्छ की भनेर सि जिनपिङको नेपाल भ्रमण हुन नसकेको देखिन्छ । तर केपी ओलीको चिन भ्रमण पछि विश्वासको वातावरण वन्छ, त्यस पछि मात्र यस विषयमा भन्न सकिन्छ ।

० एमाले माओवादीलाई जनताले सुविधाजनक वहुमत दिएका छन्, विश्वासको आधारमा, अव देशमा राजनीतिक स्थिरता, विकास आउछ भन्ने आधारमा । यो अवस्थामा जनताको समृद्धिको चाहनालाई अहिलेको सरकारले पुरा गर्न सक्छ की सक्देन ?

जनताको चाहना राजनीतिक रुपमा भन्दा कसरी हुन्छ पूरा गर्नु पर्छ । सरकारमा हाम्रा पार्टीका मन्त्रीहरु पनि हुनुहुन्छ । सय दिन नकाटेकोले वोल्न गाह्रो छ । तर जति पनि यहाँका बौद्धिक वहस, विकासका बारेमा अध्ययन चिन्तन भईरहेका छन्, त्यसलाई हेर्दा सरकारको दुई महिना पुगिसकेको छ । दुई तिहाई बहुमत ल्याएको स्टोङ सरकारको काम प्रभावकारी भने देखिएको छैन ।

मन्त्रीहरुको दुई महिनाको सेडुअल हेरेर उनीहरु के गरिरहेका छन भनेर हेर्नुभयो भने, आशा अलिक कम छ । उहाँहरुको अहिले सम्मका काम हेर्दा मैले चाही उज्यालो देखेको छैन । तैपनि त्यसलाई रियलाइज गरेर, सुधार गरेर जानुहोला भन्ने अपेक्षा भने गर्न सकिन्छ । वजेट आईसकेको छैन, त्यस पछाडी के कस्तो गर्नुहोला हेर्न सकिन्छ । तर अहिले जसरी तिव्र रुपमा वामपन्थी सरकार आयो भनेर जनताले तिव्र विकासको अपेक्षा गरेका छन्, त्यो भने देखिएको छैन ।

० जस्तै अहिलेको सरकारले भने जस्तो चिनिया र भारतिय दुवै रेल काठमाडौं आउने देख्नुहुन्छ ?

सरकारले भनेको भन्दा पनि उनीहरुले भनेको भएर यहाँ हाम्रो सरकारले भनेको हो । भारतीयहरुले रेल ल्याइदिन्छु भन्यो, सरकारले एस भन्यो, चिनियाहरुले ल्याईदिन्छु भन्यो, सरकारले एस भन्यो । यिनीहरुले ल्याउने भनेको होइन । ल्याईदेउ भन्ने हिम्मत पनि छैन, उनीहरुको । तर मेरो विचारमा चाइनालाई हामीले विश्वासमा लिन सक्यौं भने भारतीय रेल भन्दा चिनियाँ रेल धेरैे अगाडी आउँछ । र नेपालीहरु पहिले चिनियाँ रेल चढछन् । तर अहिलेको दुई पक्षिय सम्वन्धलाई कसरी विकास गरेर जान्छन्, त्यो अझै प्रष्ट भईसकेको छैन ।

० विप्लवहरुले नेपालमा नयाँ क्रान्तिको कुरा गरिरहनु भएको छ, तयो कत्तिको सम्भावना देख्नुभएको छ ?

विप्लवजीहरु विद्रोहको सम्भावना अव छैन । सामान्य उहाँहरुले आफनो राजनीतिलाई टिकाउनका निम्ति सानातिना छापामार संर्घषहरु गर्दै आफनो सानो पंक्तिलाई सरकारका कमी कमजोरीमा सानासाना इकाईहरुमा प्रतिरोध गर्ने अथवा प्रतिशोध साध्ने भन्दा माथिल्लो चरणमा विप्लव जीहरुले विकास गर्न सक्नुहुन्न ।

उहाँहरुको क्रान्तिकारी भावना छ, त्यसलाई सम्मान गर्दै उहाँहरुको जुन गतिविधि ले जनसंर्घषको रुप लिन सकेको छ, न त्यसले प्रतिरोध गर्न सक्ने छ । न त्यसले जनयुद्धको रुप लिन सकेको छ , न त्यसले छापामार युद्धको रुप लिन सकेको छ । त्यहीभित्र उहाँहरु कचल्टिरहनु भएको छ । उहाँहरुको विचार होला, तर परिस्थिती जटिल छ । उहाँहरुले कम्युनिष्ट आन्दोलन भित्रका विकृतिहरुलाई बहस गरेर यही मुलधारमा आउनुको विकल्प छैन ।

० अन्त्यमा पार्टी एकता हुन्छ भन्ने कुरा आम नागरिकलाई कसरी विस्वस्त पार्नुहुन्छ ?
यो हाम्रो हातमा छैन । नेपाली जनताहरु सवै पार्टी एकता गर्नुपर्छ भन्नेमा छन् । तर पछिल्ला भईरहेका सवै खाले भ्रमणहरु हेर्दा, देश दुनिया सवै हेर्दा कतै न कतै असफल पार्ने खिचडी पाकिरहेको त छैन ? भन्ने पनि देखिन्छ । तर सम्मानजनक र वैचारिक पार्टी एकता गर्ने र भविश्यमुखी पार्टी एकता गर्ने तिर हाम्रो कोर्स अगाडी जान्छ । पार्टी एकताको कोर्स अगाडी वढ्यो तर यसले निश्कर्ष नै निकल्न भने केही समय लाग्ने देखिन्छ ।

प्रस्तुती : गोकर्ण बराल