दुई महिलाको हत्यामा संलग्न रहेको आरोपमा वृद्ध पक्राउ

                               

कञ्चनपुर, फागुन १७ । कञ्चनपुरको पुनर्वास नगरपालिकामा दुई महिलाको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले एक वृद्धलाई पक्राउ गरेको छ ।

पुनर्वास नगरपालिका–११ भीमवस्तीको सिद्धबाबा मन्दिरमा बस्दै आएका ६० वर्षीया धर्मा मल्ल र सोही ठाउँकी ६५ वर्षीया पानमती धामीको हत्याको आरोपमा प्रहरीले ६७ वर्षीय वृद्ध श्यामलाल रानालाई पक्राउ गरेको हो ।

मल्लको गत साउन २९ गते र धामीको यही फागुन १० गते हत्या भएको थियो ।

हत्याका दुवै घटनामा रानाको संलग्नता देखिएकाले पक्राउ गरिएको कञ्चनपुरका प्रहरी उपरीक्षक डिल्लीराज विष्टले जानकारी दिए ।