२०२० मा २० लाख पर्यटक ल्याउने सरकारको लक्ष्य, तयारी भने कमजोर

                               

काठमाडौं । सरकारले वार्षिक २० लाख पर्यटक नेपाल ल्याउने उद्देश्यसहित नेपाल भ्रमण वर्ष २०२० घोषणा गरेको छ । कार्यक्रम घोषणाको ६ महिना बितिसक्दा तयारी भने खासै देखिएको छैन । हरेक वर्ष २० लाख पर्यटक भित्र्याउने महत्वाकांक्षी लक्ष्यसहितको कार्यक्रमको प्रचारप्रसार भएपनि आवश्यक पूर्वाधार लगाएतका विषयमा सरकारको ध्यान जान नसकेको पर्यटन व्यवसायि भेषराज पौडेलले बताए ।

तर नेपाल पर्यटन बोर्डले भने भ्रमण वर्षको तयारी तिब्र पारिएको जनाएको छ । बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपकराज जोशीले विमानस्थलको व्यवस्थापन, नेपाल आउने पर्यटकका लागि खाने, बस्ने लगाएतका सुविधाका विषयमा पनि सरकारले विशेष तयारी गरिरहेको बताए । अघिल्लो वर्ष करिब १० लाख पर्यटक नेपाल भित्रिएका थिए । यो वर्ष १२ लाख, अर्को वर्ष १६ लाख र सन् २०२० मा २० लाख पर्यटक ल्याउने लक्ष सरकारको छ ।