श्रम स्वीकृतिका लागि विभागको कार्यालय आज पनि खुला

                               

काठमाडौं । वैदेशिक रोजगार विभागले शनिबार पनि श्रम स्वीकृतिका लागि कार्यालय खुला गरेको छ । वैदेशिक रोजगारीमा जाने सेवाग्राहीको चाप धेरै रहेको भन्दै विभागले सार्वजनिक बिदाको दिनमा पनि श्रम स्वीकृति जारी गर्न थालेको हो ।

शनिबार बिहान १० देखि दिउँसो ३ बजेसम्म काठमाण्डौंको ताहचलमा रहेको वैदेशिक रोजगार कार्यालयबाट श्रम स्वीकृति प्रदान गरिने विभागले जनाएको हो ।

प्रत्येक शनिबार नखुलेपनि शुक्रबार भएको सेवाग्राहीको चापलाई हेरेर शनिबार कार्यालय खुल्ला गरिएको हो ।