कारबाहीको दायरा बढाउने अख्तियारको तयारी

                               

काठमाडौं । अख्तियार दुरुपयोग अनुशन्धान आयोगले अब तीनै तहका भ्रष्ट कर्मचारीहरुलाई कारबाहीको मुख्य निशाना बनाउने तयारी गरेको छ । प्रमुख आयुक्त नविन घिमिरेले आज आयुक्तहरुसँग आयोजना गरेको विशेष अन्तरक्रियामा यस्तो छलफल भएको स्रोतको दाबी छ ।

भ्रष्टाचारीहरुलाई कारबाही गर्ने कुरामा आयोग कठोर बन्ने प्रमुख आयुक्त घिमिरेको भनाई छ । आयोगले अब पहिलो निशाना भ्रष्ट, कमिशनखोर कर्मचारीलाई बनाउने भएको हो । स्थानीय, प्रदेश र केन्द्रिय सरकारका कर्मचारीहरुलाई अब आयोगले निगरानीमा राख्ने भएको छ ।

आयुक्तहरुसँग अन्तरक्रियामा अब तल्लो स्तरबाटै कर्मचारीहरुको गलत क्रियाकलपाहरु रोक्नको लािग कडा कदम चाल्ने निर्णय भएको छ । कर्मचारीपछि ठूला–ठूला परियोजनामा भएका अनियमिततालाई पनि निगरानी गरेर ठेकेदारहरुलाई कारबाही गर्ने आयोगको तयारी छ । त्यसपछि भ्रष्टाचार गर्ने नेतासम्म कारबाहीको दायरा बढाउने आयोगको अर्को तयारी छ ।