सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री सोडारी पदमुक्त

                               

काठमाडौं । सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री दीर्घ सोडारीलाई पदमुक्त गरिएको छ । प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले सोडारीलाई मन्त्री पदबाट हटाउका हुन् । सोडारीले प्रयोग गर्दै आएका बा२झ ३१२५ नं को स्कारपियो जिप गए राति कैलालीमा दुर्घटना हुँदा तीन जना घाइते भएका थिए । उक्त घटनापछि उनी आलोचित बनेको थिए ।

सोडारीले पद अनुकुलको आचरण नगरेको र पटक पटक पार्टीको सुझाव अटेर गरेकाले पदबाट हटाउन निर्देशन दिइएको बताइएको छ ।

उनको ठाँउमा कृष्ण सुवेदी नियुक्त हुने भएका छन् । मुख्यमन्त्री त्रिलोचन भट्टले पार्टीको निर्देशन बमोजिम दीर्घ सोडारीलाई बर्खास्त गरेपछि सुवेदी मन्त्री बन्ने भएका हुन् ।

सुवेदीलाई आजै साँझसम्ममा सपथग्रहण गराउने सम्भावना छ । तत्कालीन एमालेका कैलाली जिल्ला सचिवालय सदस्य सुवेदी कैलाली क्षेत्र नम्बर ४ ‘ख’बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् ।