२९ दिनमा सकियो ‘मालिका’को छायाँकन

                               

काठमाडौं । नेपाली चलचित्र मालिकाको छायाँकन सकिएको छ। छायाँकन सुरु भएको २९ दिनमा चलचित्रको सम्पूर्ण छायाँकन सकिएको चलचित्रकी निर्मात्री, निर्देशक तथा अभिनेत्री रेखम थापाले जानकारी दिईन् । । मौसमले साथ दिएको र टिमको सक्रियतामा चलचित्रको छायाँकन छिट्टै सकिएको रेखाले जानकारी दिईन् ।

 

चलचित्रमा जाजरकोटकी कमला ओली मुख्य भूमिकामा प्रस्तुत भएकी छिन्। उनको यो ड्ब्यू चलचित्र हो । नर बहादुर कार्कीको कथा रहेको चलचित्रमा शिवम अधिकारीको पटकथा रहेको छ। चलचित्रमा सुरेश अधिकारीको संगीत, रामजी लामिछानेले नृत्य निर्देशन, श्री श्रेष्ठको द्वन्द्व निर्देशन रहेको छ।

 

चलचित्रमा बहादुर काकर्कीको लागनी छ। सरस्वती थापा र तारा थापा पनि फिल्मका निर्माता हुन्। चलचित्र तिहारको खबसर पारेर सार्वजनिक प्रदर्शनमा ल्याईने थापाले जानकारी दिईन् ।