जीवनसगं जोडिएका यी सत्य, किन छैन विज्ञानसँग पनि यसको जवाफ ?

                               

मानिस एक सचेत प्राणी हो। जीवनका बारेमा धेरै कुराहरु होलान तर यस्ता कैयौं कुराहरु छन् जसको बारेमा हामीलाई थाहा छ तर ती कसरी हुन्छन् भन्ने कुरा हामीलाई थाहा नै छैन । केही यस्ता सत्यहरु छन् जसको जवाफ हामीसँग मात्र होइन विज्ञानसँग समेत छैन ।

के हुन् ति सत्य जान्नुहोस्!

१. पृथ्वीमा करिव ८ अर्व मानिसहरु छन् तर पनि कसैको फिंगरप्रिन्ट (औंलाको छाप) कसैसँग मिल्दैन । हाम्रा औंलाहरुको प्रिन्ट पनि एक अर्कासँग मिल्दैन । यति धेरै फिंगरप्रिन्ट सबै फरक फरक कसरी हुन्छन् ? जसको जवाफ विज्ञानसँग छैन ।

२. पृथ्वीको चुम्बकीय शक्तिको बारेमा धेरै अनुसन्धान भयो तर, यो चुम्बकीय शक्ति कहाँबाट आउँछ भन्ने अहिलेसम्म पत्ता लाग्न सकेको छैन ।

३. भनिन्छ धार्मिक मान्यताअनुसार सपनाले जीवनका राम्रा नराम्रा कुराहरुको संकेत गर्दछ । तर यी कुनै मान्यता पनि पुष्टि भएको छैन । निद्रा लाग्नु र निद्राका बेला सपना देख्नु सामान्य कुरा हो तर सपना किन देखिन्छ भन्ने कुराको जवाफ विज्ञानसँग समेत छैन । सपनाको बारेमा विभिन्न् मान्यता छन् । केहीले हामीले जे कुराको बारेमा सोचेर सुतेका छौं त्यही सपनामा देखिने बताउँछन् भने केहीले हाम्रा चाहनाहरु सपनामा देखिने बताउँछन् ।

४. हाम्रो दिमागले जीवनभर भएका घटनाहरुलाई भण्डारण गरेर राख्न सक्छ भने चाहिएको बेला हामी ती कुराहरु सजिलै सम्झिन्छौं पनि । तर यो स्मृतिको प्रक्रिया कसरी हुन्छ ? जसको जवाफ विज्ञानले दिए छैन ।

५. मृत्युपछि के हुन्छ भन्ने विषयमा धेरै धार्मिक मान्यताहरु रहेका छन् । तर मानिस मरेपछि के हुन्छ त ? शरीर रहन्छ तर उसको चेतना कहाँ जान्छ भन्ने कारण विज्ञानलाई पनि थाहा छैन ।

६. सामान्यतया निद्रा पूरा नभएर हाइ आउने बताइन्छ । हामीलाई दिनमा कैयौं पटक हाइ आउँछ । तर, यो सही कारण होइन किनकि निद्रा पूरा भएकालाई पनि हाइ आउँछ । हाइ किन आउने गर्छ त ? यो कारण विज्ञानले बताउन सकेको छैन ।

७. हाम्रो दिमागको थकानका कारण हामीलाई निद्रा लाग्छ । तर दिमागमा यस्तो के हुन्छ जसका कारण निद्रा लाग्छ ? विज्ञानले यसको कारण बताउन सकेको छैन ।

८. पृथ्वीको सबैभन्दा भित्री कोर ठोस हुन्छ । तर यो मान्यता मात्रै हो ।अहिलेसम्म यो कुरा प्रमाणित भएको छैन । भित्री कोर वास्तवमै ठोस छ कि तरल छ वा छैन भन्ने जवाफ विज्ञानसँग समेत छैन ।

९. न्यूटनले गुरुत्वाकर्षणको बारे नियम बताए । तर उनले गुरुत्वाकर्षण कसरी हुन्छ भन्ने कुरा मात्र बताए । पृथ्वीसहित अन्य पिण्डले वस्तुलाई आफूतिर किन तान्छन् भन्ने जवाफ न न्यूटनले दिए न उनीपछिका कुनै वैज्ञानिकले नै दिन सके ।

१०. ब्ल्याक होल ब्रह्माण्डको यस्तो रहस्य हो जो निकै नै चर्चित छ । यसले पृथ्वी वा सूर्यजस्ता कैयौं पिण्डलाई समेत निल्न सक्छ भनिन्छ । तर यसले कसरी निल्न सक्छ भन्ने रहस्य अहिलेसम्म विज्ञानले बताउन सकेको छैन ।