यी सजिलो उपाय अपनाउनुहोस् , जाडो महिनामा मोटाउनुहोस !

                               

गर्मीमा भन्दा खाना रुच्ने भएको हुँदा मोटाउनको लागि परफेक्ट समय जाडोलाई मानिन्छ । समयको फाईदा उठाउँदै तपाईँ मोटाउन चाहनुहुन्छ भने यो समयमा खानामा ध्यान दिनुहोस् । तौल बढाउनको लागि हाई प्रोटिनयुक्त खानाको आवश्यकता पर्छ । दिनमा हामीले मुख खाली नराखी केही न केही खाईरहने गर्नाले हाम्रो तौल बढ्छ । आज हामी मोटाउन चाहनेहरुका लागि केही खानेकुराहरुको बारेमा जानकारी दिँदैछौँ ।

– उमारेको गेडागुडीस् उमारेको कालो चना र मुंगलाई बिहान बिहान खायो ने तौल बढ्छ ।
– आलू र भातस् भात र आलूमा कार्बोहाईड्रेटको मात्रा धेरै हुन्छ । यसले पनि तौलल बढाउन मद्दत गर्छ ।
– सोया प्रोडक्टस् सोया मिल्क, बरी र पनिरमा पनि प्रोटिनको मात्रा धेरै हुन्छ । यसलाई रेगुलर डाईटको रुपमा लिन सकिन्छ ।
– फलफूलस् केरा, कालो अङ्गुर, मौसम जस्ता फलफूलहरु धेरै हेल्दी हुन्छन् । अंगुर र केराले तौल बढाउन मद्दत गर्छन् ।
– डेरी प्रोडक्टस् क्रिम मिल्क, घ्यू, बटर, पनिर, लस्सी र मिल्क शेक जस्ता डेरी प्रोडक्टले पनि तौल बढाउन मद्दत गर्छन् ।
– ब्यालेन्स डाईटस् दिनहुँ हेल्दी र ब्यालेन्स डाईट फूड खानाले पनि तौल बढ्न सक्छ ।
– दालस् दालमा प्रोटिनको मात्रा बढी हुन्छ । खानामा दालको मात्रा बढाउनु भयो भने तपाईँको मोटोपनि पनि बढ्छ ।
– ड्राई फ्रुटस् स् बदाम, किशमिश, काजू, बदाम जस्ता ड्राईफुडले पनि तौल बढाउँछ ।
– फलफूल र शेकस् फलफूल र शेकमा धेरै क्यालोरी हुन्छ । यसले शरीरमा  फ्याट बढाउन मद्दत गर्छ ।
– होल ग्रेनस् नास्तामा ओटमिल र डाईटमा साबुतको मात्रा बढायो भने पनि तौल बढ्न सक्छ ।
– राजमा स् राजमामा क्यालोरी र प्रोटिनको मात्रा धेरै हुन्छ । यसले पनि तौल बढाउन मद्दत गर्छ ।
-माछामासु अण्डास् अण्डा, चिकेन र माछामा प्रोटीको मात्रा धेरै हुन्छ । यसको प्रयोगले पनि तपाईँ मोटाउनु हुन्छ । तर रातो मासुको प्रयोग भने गर्नुहुँदैन ।