आफ्नो शरीरलाई जाडोमा न्यानो राख्न चाहनुहुन्छ? यी उपाय अपनाउनुहोस् !

                               

खानपानमा केही चीज समावेश गरेर आफ्नो शरीरको तापमानलाई सन्तुलित राख्न सकिन्छ । यस्तो अवस्थामा यसले कयौँ रोगहरूबाट छुटकारा दिलाउँछ । जाडो मौसममा कयौँ किसिमका रोगहरूको आशंका बढ्छ ।

घरमै पाईने केही सजिला उपाय पनि छन्, जसले चिसोबाट बचाउन मद्दत समेत गर्न सक्छ । दालचीनी, अलैची, खुर्सानी जस्ता मसला प्रयोग गरि रुघाकोखी जस्ता रोगहरूबाट छुटकारा मिल्नुको साथै शरीरको तापमानलाई पनि बढाउन सकिन्छ । निम्न घरेलू औषधिले शरीरमा रक्त प्रवाहलाई दुरुस्त राख्छ र तपाईलाई अत्यधिक चिसोमा पनि तातो राख्छ ।

दालचीनी

दालचीनीको सेवनले शरीरको अतिरिक्त चिस्यानलाई सोस्छ भने शरीरलाई तातो राख्न मद्दत गर्छ । यसमा एन्टी-सेप्टिक गुण पनि हुन्छ । जसले पाचन प्रक्रियालाई सन्तुलित राख्छ ।

कालो मरिच

कालो मरिच एन्टी अक्सीडेन्ट र एन्टी सेप्टिक गुणले भरिपूर्ण रहेको हुन्छ । जाडोमा सूप वा चिया आदि तातो चीजको साथमा यसको सेवनले रुघाखोकीको समस्याबाट जोगाउँछ ।

अदुवा

अदुवाको सेवनले शरीरमा रक्त प्रवाह दुरुस्त राख्छ । यसले शरीरमा गर्मी बढाउँछ । अदुवाको पानीको प्रयोग गरि रुघाखोकी जस्ता समस्याबाट बँच्न सकिन्छ । यसको लागि अदुवालाई पानीमा उमाल्नुहोस् र यस पानीलाई नुहाउने पानीमा मिलाएर नुहाउनुहोस् ।

अलैची

अलैचीको सेवनले शरीरलाई तातो राख्न मद्दत गर्छ । यसलाई माउथ फ्रेशनरको रूपमा प्रयोग गर्न सकिन्छ । यसले श्वसन प्रणालीलाई दुरुस्त राख्न सहयोग गर्छ । जाडोमा प्रायजसो चिसोको कारणले टाउको दुख्ने समस्या उत्पन्न हुन्छ । यस दुखाईबाट आराम दिलाउन अलैचीको सेवन राम्रो सावित हुन्छ ।

रातो खुर्सानी

खोकी र कफको समस्यालाई कम गर्नका लागि रातो खुर्सानी प्रयोग राम्रो हुन्छ । यसमा क्याप्साइसिन नामक तत्व पाईन्छ, जसले शरीरको मेटाबोलिक रेट सन्तुलित राख्छ । साथै यसले शरीरको भित्री तापमान पनि बढाउन मद्दत गर्छ ।