के तपाई बिनाकारण कारण पटक–पटक मोबाइल चलाउनुहुन्छ ? सावधान!

                               

के तपाई बिनाकारण मोबाइल चलाउनु हुन्छ । कतिपय त बिना मोवाइल एकछिन पनि बस्न सक्दैनन । बिना कारण पनि मोवाइल हातमा लिइराख्ने र पटक–पटक मोबाइल चेक गरिराख्ने धेरैको बानी हुन्छ । अहिलेका युवा पुस्ता मोवाइल बिना बाच्नै नसक्ने भएका छन् ।सबैको मोवाइल बिना दिनचर्या नचल्ने भईसकेको छ ।

तर कुनै कारण बिना नै मोवाइल चेक गरिराख्नुहुन्छ भने यसले तपाईलाई धेरै हानी(नोक्सानी गरिराखेको हुन्छ । पटक–पटक मोबाइल चेक गरिराख्नुहुन्छ भने,तपाई डिप्रेशनको शिकार हुनसक्नुहुन्छ । अमेरिकी साइकोलोजिकल असोसिएसनको एक सर्वेक्षणले पत्ता लगाएको छ, तपाईं विश्वास गर्नुहोस् । यसका कारण फोन कम चलाउनुहोस ।

मोबाइलको अत्यधिक प्रयोगले आँखा र दिमागमा समेत नकारात्मक प्रभाव पर्ने गर्दछ ।
आँखा कमजोर हुन्छ भने निर्णय लिने क्षमतामा समेत प्रभावित हुन्छ ।
महत्वपूर्ण काम सिद्धाएपछि मोबाइल फोन प्रयोग गर्ने कोसिस नगर्नुहोस् ।
सानो तिनो हिसाब, फोन नम्बर सम्झनका लागि फोनको सट्टा दिमागको प्रयोग गर्नुहोस् ।
घर पुगेपछि स्मार्टफोनको इन्टरनेट बन्द गर्नुहोस् । मोबाइलसँगको यो लगावले निकै तनाव पैदा गर्छ ।
यसबाट बच्नका लागि आफूलाई प्रविधिबाट टाढा राख्ने बानी बसाल्नुहोस् ।
खानाको टेबलमा फोनको प्रयोग नगर्नुहोस । राती सुत्न जानुभन्दा पहिले फोन स्विच अफ गर्ने बानी गर्नुहोस ।
सुत्नेबेला मोबाइल फोनको प्रयोग नगर्नुहोस् नभए निन्द्रा नपुगेर तनावको हुनसक्छ ।
आफूलाई केही समयका लागि स्मार्टफोनबाट टाढा राख्नुहोस् ।
अर्लाम सेट गर्नुहोस् र आफूलाई फोनबाट टाढा राख्नुहोस् र केही दिनका लागि फेसबुक, ह्वाट्सएप लगायतका अरु एप्स डिसेबल गर्नुहोस् जसको नोटिफिकेसनका कारण तपाईं डिस्टर्ब हुनुहुन्छ ।