खाना पकाउदै हुनुहुन्छ ? यी कुराहरुको ध्यान अवश्य राख्नुहोस् !

                               

प्रतिदिन भोजन गर्ने बेलामा अधिकांश स्त्री, पुरुष, बच्चा र प्रौढहरु आफूलाई मनपर्ने स्वादिष्ट भोजनको सेवन गर्न चाहन्छन् । केही चीजहरु उनीहरुलाई निकै मिठो लाग्छ भने उनीहरु ती चीजहरुलाई बढी मात्रामा खान रुचाउँछन् । स्वादिष्ट चीजहरुलाई खाँदा उनीहरु ती चीजहरु बढी मात्रामा खानाले उनीहरुलाई हानि पनि हुनसक्छ भन्ने कुरा बिर्सिन्छन् ।

अधिकांश परिवारमा राति बढी मात्रामा भोजन गर्ने प्रचलन देखिन्छ । आहार विशेषज्ञहरुका अनुसार राति बढी मात्रामा भोजन गर्नु हुँदैन । राति ओछ्यानमा जानुभन्दा डेढदुई घण्टा पहिलो भोन गर्नुपर्छ ।

भोजनमा घीउ, मक्खनको सेवन बढी मात्रामा गर्नु हुँदैन, किनकि बोसोयुक्त खाद्य पदार्थहरुमा अम्ल बढी हुन्छ । यसबाट कोलेस्ट्रोलको मात्रा बढ्छ ।

केही स्त्रीहरु तरकारीलाई काटिसकेपछि पानीमा हालेर राख्छन् । आहार विशेषज्ञहरुका अनुसार तरकारीलाई काटेर पानीमा हाल्नाले तिनीहरुको पौष्टिक तत्व नष्ट हुन्छ ।

तरकारीलाई काट्नुभन्दा पहिलो पानीले राम्ररी पखाल्नुपर्छ । पानीले धुँदा तरकारीमा लागेको माटो, सुरक्षाको लागि छर्किएको कीटनाशक औषधिहरुका विषालु तत्वहरु सफा हुन्छन् । तरकारीलाई काटेर पानीले पखाल्दा विषालु तत्वहरु तरकारीमा नै लुकेर रहन्छन् र पौष्टिक तत्वहरु नष्ट हुन्छन् ।

तरकारीलार्य नछोपिकन पकाउनु हुँदैन, किनकि खुल्ला भाँडोमा तरकारी पकाउनाले तरकारीको पौष्टिक तत्व, विशेष रुपबाट भिटामिन ‘सी’ नष्ट हुन्छ । तरकारीलाई बढी स्वादिष्ट बनाउनको लागि निकै समयसम्म पनि पकाउनु हुँदैन ।

तरकारी, दाल र अन्य पदार्थहरु बनाउनको लागि तोरी, तिल र नरिवलको रिफाइन्ड तेलको नै प्रयोग गर्नुपर्छ । वनस्पति घीउ र शुद्ध घीउको प्रयोगले पाचन क्रियालाई हानि पुर्याउँछ । यसबाट कोलेस्ट्रोलको मात्रा पनि बढ्छ ।

कुनै तेलमा कुनै खाद्य तरकारी या अन्य खाद्य एक पटक तारिसकेपछि या पकाइसकेपछि त्यो बचेको तेलमा पुनः केही पकाउनु या तार्नु हुँदैन ।

भोजन पकाउने बेलामा सोडाको बढी प्रयोग गर्नु हुँदैन । यसको प्रयोगबाट तरकारी या दालको भिटामिन ‘बी’ कम्प्लेक्स नष्ट हुन्छ ।

दाल र चामललाई पकाउनुभन्दा पहिले निकै समयसम्म पानीमा हालेर नराख्नुहोस् । दाल र चामललाई निकै समयसम्म पानीमा नधुनुहोस्, किनकि यस्तो गर्नाले तिनीहरुको पौष्टिक तत्व र गुणकारी रेशाहरु नष्ट हुन्छन् ।

भोजनमा डिब्बा बन्द र संशोधित खाद्य पदार्थहरुको सेवन नगर्नुहोस्, किनकि यी पदार्थहरुमा बोसोको मात्रा बढी हुन्छ । स्वादिष्ट भएको कारणले बढी मात्रामा यी पदार्थहरुको सेवन गरिन्छ । यी पदार्थहरुको सेवनबाट पाचन क्रिया विकृत हुन्छ र कोलेस्ट्रोलको मात्रा बढी हुन्छ ।

भोजन गर्ने बेलामा दाल, तरकारी र अन्य खाद्य पदार्थहरुमा माथिबाट नून नछर्किनुहोस् । दाल र तरकारी पकाउने बेलामा नै नुनको प्रयोग गर्नुपर्छ । अलग्गै छर्किएको नूनले उच्च रक्तmचापलाई विकसित गर्छ ।

फ्रिजमा राखिएका खाद्य पदार्थहरु, दाल र तरकारीहरुलाई पटक–पटक तताएर खानु हुँदैन । पटक–पटक तताउनाले ती पदार्थहरुको पोषक तत्व नष्ट हुन्छ ।