एजेन्टको निर्देशनमा साउदी पत्रकार खशोग्जीको हत्या

                               

केहि समय अघि अक्टोबर दुई तारिखमा इस्तानुबलस्थित साउदी वाणिज्यदूतावासमा साउदी अरेबियाको सरकारी अभियोजनकर्ताले पत्रकार जमाल खशोग्जीको हत्या गर्ने निर्देशन साउदी युवराजले नभई एक वरिष्ठ गुप्तचर अधिकारीले दिएको ठहर गरेको छ। पत्रकार जमाल खशोग्जीलाई प्राणघातक सूई दिई हत्या गरिएको बताइएको छ। हत्या गर्ने गुप्तचर अधिकारीले ति पत्रकारलाई साउदी अरेबिया फर्कन मनाउने टोलीको नेतृत्व समेत गरेको बताइएको छ ।

विहीबार साउदी राजधानी रियादमा आयोजित एक पत्रकार सम्मलेनमा सहायक सरकारी अभियोजनकर्ता शलान बिन राजी शलानले भने खशोग्जीको मृत्यु भएपछि वाणिज्यदूतावासभित्रै उनको शवलाई टुक्रा पारिएको थियो। उक्त हत्याको घटनाका सम्बन्धमा ११ जना विरुद्ध अभियोग लगाइएको भए पनि ति मध्ये पाँचजना विरुद्ध मृत्युदण्डको सजाय माग गरिएको छ।उक्त घटनामा संलग्न भएको आशंकामा अन्य १० जना विरुद्ध छानविन जारी रहेको छ।

सरकारी अभियोजनकर्ता शलानले उक्त हत्याको अभियोगमा मुद्दा चलाइएकाहरूको नाम भने सार्वजनिक गरेनन्। तर उनले उक्त हत्याको आदेश ति पत्रकार खशोग्जीलाई साउदी अरेबिया फर्कन मनाउने जिम्मा लिएको वार्ताटोलीका प्रमुखले दिएका बताए। युवराज मोहम्मदलाई यस्तो विषयमा जानकारी नहुनु अति नै असामान्य कुरा भएको आलोचक बताउछन् ।उक्त हत्याका सिलसिलामा पक्राउ गरिएका २१ जना मानिसहरू मध्येका धेरैलाई विगतमा उनको सुरक्षा समूहको सदस्यका रुपमा देखिएको थियो।यो घटनाका सम्बन्धमा जेनरल असिरि र अन्य एकजना वरिष्ठ सल्लाहकार साउद अल-कतानीलाई तिनको पदबाट बर्खास्त गरिएको थियो।

टर्कीका विदेशमन्त्री मेभलुट चाभुसोग्लुले यो मामिलामा साउदी वक्तव्य अपर्याप्त भएको बताउदै ति पत्रकारको हत्या पूर्व नियोजित रुपमा नै भएको बताए ।देशको गुप्तचर निकायका उपप्रमुख जेनरल अहमद अल-असिरीले खशोग्जीलाई स्वदेश फर्काउन उक्त टोलीलाई इस्तानबुल पठाएको बताइएको छ। साउदी युवराज मोहम्मद बिन सलमानको सम्बन्ध उक्त हत्याको घटनासँग नरहेको बताईएको छ।