रोहिंज्या शरणार्थीहरुलाई फिर्ता पठाउने योजनाप्रति सहायता निकायहरूको चिन्ता

                               

बांग्लादेशमा रोहिंज्या शरणार्थीहरूलाई सहयोग गर्दै आएको सहायता निकायहरूले शरणार्थीलाई फिर्ता पठाउने म्यानमार र बांग्लादेशको योजनाप्रति चिन्ता व्यक्त गरेका छन्। सेभ द चिल्ड्रेन, अक्सफाम र वर्ल्ड भिजनसहितका ४० वटाभन्दा बढी सहायता निकायहरूले बांग्लादेश र म्यानमारको त्यस्तो योजनाप्रति चिन्ता व्यक्त गर्दै एउटा संयुक्त वक्तव्य जारी गरेका छन् । अब अर्को हप्ता म्यानमार फिर्ता पठाउन सुरू गरिने योजनाबाट ती रोहिंज्याहरू समेत त्रसित भएका छन्।

म्यानमारको सेनाले गरेको कारबाहीपछि सात लाखभन्दा बढी रोहिंज्या मुस्लिमहरू गत वर्षदेखि बांग्लादेशस्थित अस्थायी शिविहरूमा अलपत्र परि बसिरहेका छन्।मौसममा केही सुधार हुँदै गएकाले कतिपय रोहिंज्याहरू पुन दक्षिण पूर्व एसियाका अन्य क्षेत्रमा डुंगाहरूको प्रयोग गरेर भागेर समेत जान थालेको विवरणहरू पनि आइरहेको छ । यसरी भाग्दा जोखिमपूर्ण हुँदा विगतका वर्षहरूमा त्यस्तो प्रयास गर्ने थुप्रै मानिसहरूको ज्यान गइसकेको छ ।

संयुक्त राष्ट्रसंघले शरणार्थीका लागि म्यानमार फिर्ता हुन अझै सुरक्षित नभएकोले म्यानमार र बांग्लादेशले अर्को हप्ताबाट एक पटकमा एक सय वा सोही हाराहारीमा शरणार्थीहरूलाई फिर्ता पठाउने योजना बनाएको भएपनि त्यस्तो योजनाले अन्तर्राष्ट्रिय समुदायमा थुप्रैलाई झस्काइ दिएको र त्यस्तो शरणार्थी फिर्ता योजनामा संयुक्त राष्ट्रसंघलाई संलग्न गरिएको छैन।