गाजर खानुहोस्, निम्न फाइदा लिनुहोस् !

                               

गाजर स्वास्थ्यका लागि अत्यन्तै फाइदाजनक छ । गर्मीमा सलादको रुपमा गाजरको प्रयोग गर्नु फाइदाजनक हुन्छ । सय ग्राम गाजरमा ८० ग्राम पानी, ४.७ ग्राम ग्लुकोज, २.८ ग्राम रेसा, ०.९ ग्राम प्रोटीन, ०.३ बोसो त्यस्तै भिटामिन के पनि पाइन्छ । गाजरको सेवनले हामीलाई यस्ता फाइदा गर्छ ।

१) चाउरीपना कम गर्छ, छालालाई कसिलो राख्छ ।

२) आँखालाई स्वस्थ राख्छ ।

३) क्यान्सर हुने सम्भावना कम हुन्छ ।

४) पाचन शक्ति राम्रो हुन्छ ।

५) मानसिक थकाइ कम गर्छ ।

६) भिटामिनका कारण मुटुलाई स्वस्थ राख्छ ।

७) गाजरको जुस खानाले दात चाम्किलो हुनुको साथै श्वास गनाउदैन।

८)गाजर र नुन मिश्रण गरेर खाँदा खुट्टा दुख्ने रोग हटाउछ।

९)गाजरको जुसले रगत सफा गर्दछ ।

१०) दैनिक गाजरको जुस खाँदा दिमागको कमजोरी हट्नुको साथै आत्म बल बढाऊदछ ।

११) नियमित गाजर खाँदा अनुहार गोरो हुनुको साथै अनुहार समेत सफा बनाउदछ ।