नेपथ्यको कुरुप अनुहार सार्वजनिक (भिडियोसहित)

                               

काठमाडौं । म्युजिक ब्याण्ड नेपथ्यले आफ्नो दशौं अल्बममा समावेश छैठौं गीतको म्यूजिक भिडियो सार्वजनिक गरेको छ। ‘कुरुप अनुहार हो’ बोलको गीतमा सरुभक्तको शब्द र विक्रम गुरुङको संगीत रहेको छ ।

नेपथ्यले यो गीत तयार पारेयता आफ्नो स्थापनाको रजत जयन्ती मनाउने क्रममा वर्षभरि ‘कुरुप अनुहार हो’ लाई कन्सर्टकै पहिलो गीतका रुपमा प्रस्तुत गर्दैआएको छ। स्टेजमा जसै यसका बेस र लिडका नोटहरु बज्न सुरुहुन्छ त्यतिबेलै घुर्मैलो कृत्रिम धुवाँमा नृत्यगर्ने बत्ती, दृश्य र आवाजहरुको माहोलमा ब्याण्ड जागिरहेको दृश्य मञ्चमा उपस्थित हुन्छ।

यस म्यूजिक भिडियोमा प्रयोग गरिएको दृश्यहरु ब्याण्डले गत वर्ष आफ्नो अष्ट्रेलिया र न्यूजिल्याण्ड कन्सर्ट गर्दाका दौरान खिचिएको हो । यस भिडियो ‘क्लोज अप’ दृश्यहरू रहित प्रयोगको रुपमा तयार परिएको छ।

नेपथ्यका मुख्य गायक एवं अगुवा अमृत गुरुङ भन्छन्, ‘कुरुप अनुहार हो गाउँदै गर्दा मञ्चमा म जति आनन्दित महशुस गर्छु त्यस्तै आनन्द अब यसका श्रोता र दर्शकहरूलाई पनि मिलोस्।’ भर्खरै रिलिज गरिएको म्यूजिक भिडियो कुरुप अनुहार हो नेपथ्यको आधिकारिक युट्यूब च्यानलमा हेर्न सकिन्छ।