प्रदीपलाई लिएर चलचित्र निर्माण गर्ने चौधरी ग्रुपको तयारी

                               

काठमाडौं । नेपालको नम्मर वान व्यापारिक घराना चौधरी ग्रुपको सीजी इन्टरटेनमेन्टले फिल्म निर्माण गर्ने भएको छ । अहिले चलचित्रका लागि कलाकार र निर्देशक छनौटको काम भइरहेको छ । लिड रोलमा युवा स्टार प्रदीप खड्कासँग विभिन्न चरणमा वार्ता भइसकेको छ । यद्दपी फाईनल भने भैसकेको छैन ।

 

यस्तै, निर्देशकमा दुई व्यक्ति दिनेश डिसी र प्रदीप भट्टराई मध्ये एकले चलचित्रको निर्देशन गर्नसक्ने बताईएको छ । चलचित्रका गीतमा राजनराज सिवाकोटीले संगीत रहने छ । यसअघि यो कम्पनीबाट भिसा गर्ल नामक चलचित्र निर्माण भएको थियो ।