बन्ने भयो ‘राउडी राठौर-२’, अक्षयनै रहनेछन् मुख्य भूमिकामा

                               

काठमाडौं । वर्ष २०१२ मा प्रदर्शनमा आएको बलिउड चलचित्र राउडी राठौरको सिक्वेयल बन्ने भएको छ । संजयलिला भंसाली र अक्षय कुमारले मिलेर निर्माण गरेको राउडी राठौंरलार्ई निर्देशक प्रभूदेवा निर्देशन गरेका थिए। अब चलचित्रको सिक्वेयल बनाउन पनि यस्नै तीनजना जुट्ने भएका छन् ।

 

चलचित्रमा अक्षय एकपटक फेरि इन्स्पेक्टर विक्रम राठौरको भूमिकामा देखिनेछन् । चलचित्रमा अक्षयसँग सोनाक्षी सिन्हा भने नदेखिने बताईएको छ । चलचित्रको लागि अभिनेत्रीको टुङ्गो लागेको छैन । यतिबेला चलचित्रको स्क्रीप्ट तयार भएपनि कहिलेबाट चलचित्र फ्लोरमा जान्छ भन्ने सार्वजनिक गरिएको छैन ।