ज्याकलिन भन्छिन्,- मेरो कोही पनि ब्वाईफ्रेन्ड छैन

                               

हट नायिका ज्याकलिन फर्नान्डिज मिस श्रीलंका भईसकेपछि बलिउडमा स्थापित भइन् । उनको नाम कहिले निर्देशक साजिद खान सँग जोडियो त कहिले सिद्धार्थ मल्होत्रासाग ।

सलमान खानसँग पनि ज्याकलिन प्रेममा परेको समाचार पनि वाहिरिए । तर उनले भने अहिलेसम्म आफु कुनै त्यस्तो सम्वन्धमा नरहेको वताएकी छिन् । उनले भनेकी छिन्, म अहिलेसम्म सिंगल नै छु ।

उनले थप अगाडी वढेर भनिन्, मेरो कोही पनि ब्वाईफ्रेन्ड छैन । विहे गर्ने सोच पनि छैन ।

श्रीलंकाकी यी सुन्दरीका अनुसार, फिल्म उद्योगमा उनको केही साथी छन् । तर, फिल्म ब्याकग्राउन्ड नै भएका कारण आफुलाई कसैसँग पनि फिट नपाएको वताएकी छिन् ।

उनले आफनो फोकस काममा मात्र भएको भारतीय सञ्चारमाध्यमलाई वताएकी छिन् ।