सुनको मूल्य ५८ हजार २ सय पुग्यो

                               

काठमाडौं, जेठ २४ । बिहिबार सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बढेको छ ।

सुन प्रति तोला ५८ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजावी सुनको मूल्य प्रतितोला ५७ हजार नौ सय  रुपैयाँ छ ।

यस्तै चाँदी प्रतितोला ७७० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी अघिल्लो कारोबारमा ७६५ रुपैयाँ प्रतितोला थियो ।